भैरहवा, २१ कार्तिक । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) ले प्राचार्य डा. लक्ष्मी पाठकलाई पदमुक्त गरेको छ ।
विगत एक महिनादेखि आन्दोलनरत विद्यार्थीले प्राचार्य पाठकलाई पदमुक्त नगर्दासम्म आन्दोलन नरोक्ने अडान राखेपछि अन्ततः अस्पताल प्रशासनले पाठकलाई पदमुक्त गरेको छ । प्राचार्य पाठकलाई पदमुक्त गर्ने सहमतिपछि विभिन्न माग राख्दै आन्दोलनरत विद्यार्थीहरुले आन्दोलन स्थगित गरेका छन् ।
सोमबार युसीएमएसका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि।एस।को अध्यक्षतामा बसेको बैठमा आन्दोलनरत विद्यार्थी र युसीएमएस प्रशासनबीच ६ बुँदे सहमति भएको हो । सहमतिको पहिलो बुँदामा प्राचार्य डा. लक्ष्मी पाठकलाई पदमुक्त गर्ने उल्लेख गरिएको छ
आन्दोलनका कारण अस्पतालबाट सञ्चालन हुने सेवाहरु बन्द भएका थिए । जसका कारण बिरामीहरु मर्कामा परेका थिए र अस्पतालको सेवा समेत प्रभावित भएको थियो ।
युसीएमएस प्रशासन तथा आन्दोलनरत विद्यार्थीहरुबीच सहमति भइ अस्पताल र कलेज मंगलबारदेखि पूर्ण रुपमा सुचारु भएको युसीएमएसका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.ले बताए ।
प्रतिक्रिया