देश

बाजुरा केन्द्र भएर ४ रेक्टर स्केलको अर्को भूकम्प



काठमाडौं, २१ कात्तिक । बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार मध्याह्न १२ बजेर ५८ मिनेटमा बाजुरा केन्द्र भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि जाजरकोट केन्द्र भएर भूकम्पका धक्का महसुस हुँदै आएको थियो। पछिल्लोपटक जाजरकोट केन्द्र भएर सोमबार अपराह्न ४ बजेर ४० मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो।

शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्र भएको गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भएको छ।

शुक्रबार रातिपछि जाजरकोट केन्द्र भएर मात्रै ९ पटक भूकम्प गएको छ।

प्रकाशित : २१ कार्तिक २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६