देश

असई, हवल्दार र जवान समेत मिलेर गरे डकैती, प्रहरी भ्यानमा घुमाउँदै असुली




काठमाडौं, २१ कात्तिक । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई), सहायक हवल्दार र जवान समेतको मिलेमतोमा डाँकाचोरी भएको छ। संघीय राजधानीमै असई समेतको संलग्नतामा डाँकाचोरी भएको हो।

डाँकाचोरी प्रकरणमा ३ प्रहरीसहित ५ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। प्रहरी वृत्त महाराञगञ्जमा कार्यरत असई ४३ वर्षीय सुनबहादुर तामाङ, ३३ वर्षीय सहायक हवल्दार खगराज अधिकारी, २२ वर्षीय जवान भुवन बरालसहित सुनसरीको तरहरा घर भइ काठमाडौं बस्दै आएका २८ वर्षीय मदन पुरी र सोही ठाउँका २५ वर्षीय सन्तोष पुरीलाई प्रतिवादी बनाएर मुद्दा चलाइएको छ।

उनीहरुविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंका न्यायाधीश कपिलमणि गौतमको इजलासमा सुनुवाइ भइरहेको छ। थुनछेक बहस सकिएपछि पुर्पक्षमा थुनामा पठाउने वा धरौटी तथा साधारण तारेखमा रिहा हुने भन्ने आदेश आउने छ।

माथि नाम उल्लेखित पाँच जनाविरुद्ध कुमार रोकाले प्रहरीमा जाहेरी दिएका थिए। असोज २१ गते राति उनी ठमेलबाट बालुवाटार जान लागेका थिए। सोही बेला ३ जना महिलाले लिफ्ट मागेकाले आफूले उनीहरुलाई लिफ्ट दिएको रोकाको जाहेरीमा उल्लेख छ।

रोका र उनका साथी नवराज नगरकोटी छुट्टा–छुट्टै कार चलाएर ठमेलबाट बालुवाटारतर्फ गइरहेका थिए। रोकाका अर्का साथी पनि सँगै, कारको अगाडिको सिटमा सवार थिए।

प्रकाशित : २१ कार्तिक २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६