कपिलवस्तु २१ कार्तिक ,। कपिलवस्तु जिल्ला स्थित सबै सरकारी कार्यलयका प्रमुखहरुले सांसद मेयर जिसस वोर्ड र पत्रकारहरु सहभागि समीक्षा बैठकमा गत आवको प्रगती तथा चालु आवको वजेट तथा कार्यक्रम प्रस्तुत गरेका छन् । पहिलो दिन स्थानीय तहको प्रगती र वजेट एवमर कार्यक्रम प्रस्तुत गर्दै छलफल समेत गरिएको थियो भने दोश्रो दिन सरकारी अडडाहरुको ।जिल्ला समन्वय समिति कपिलवस्तुले सातौं वार्षिक समीक्षा कार्यक्रम संघीय सांसद बलराम अधिकारीको प्रमुख आतिथ्यता तथा समन्वय समिति प्रमुख बाबुराम आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा जिल्लाका १० वटा पालिका र जिल्ला स्थित सबै सरकारी विषयगत कार्यालयहरुले आर्थिक बर्ष ०७९÷८० मा गरेका गतिविधिहरुका बारेमा समीक्षा गरिएको हो ।
कार्यक्रममा संघीय सांसद बलराम अधिकारीले जिल्लाका विषयगत कार्यालयहरुले दिने सेवा प्रभावकारी बनाउन सबै कार्यालय प्रमुखहरुलाई आग्रह गरे । योजनाहरुको छनौट र कार्यान्वयनमा मातहतका कार्यालयहरुले निरन्तर रुपमा चनाखोपन देखाउनुपर्ने र योजनाहरुमा दोहोरोपना आउन नहुने तर्फ सबै लाग्नुपर्नेमा सांसद अधिकारीले जोड दिए ।संघीय सांसद मंगलप्रसाद गुप्ताले कार्यक्रमलाई सम्बोधन गर्दै भौतीक पूर्वाधारका क्षेत्रमा काम गर्ने कार्यालयले शुसासन युक्त तवरले काम गर्न आग्रह गरे । उनले बहादुरगंज स्थित शिवराज अस्पतालको पछिल्ला अवस्थाको बारेमा निराशाजनक स्थिती रहेको तर्फ सम्बद्ध सरोकार कार्यालयलाई ध्यानाकर्षण समेत गराए ।प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले बिगतका दिनहरुमा लक्ष्य अनुसार सम्पन्न भएका कार्यक्रमहरुको लक्ष्य हासिल भए÷भएनन् र आगामी दिनहरुका लागि कस्ता लक्ष्यहरु पुरा गर्न खोजी रहेका छौ भन्ने यस्ता कार्यक्रमहरुबाट नै जानकारी हुने भएको हुँदा जिल्लाका सम्पुर्ण पालिकाहरु तथा बिषयगत कार्यालयले समन्वयकारी भुमिकालाई अगाडी बढाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी भुमिराम पोखरेलले ०७९/०८० मा भएका प्रगती बिवरण प्रस्तुत गरेका थिए । कपिलवस्तु जिल्लामा ३४ वटा संघ अन्तर्गतका कार्यालय छन् भने १७ वटा प्रदेश अन्तर्गतका कार्यालय छन् । समिक्षा कार्यक्रममा अधिकांश कार्यालयहरुका प्रमुखहरुले बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए ।कार्यक्रममा राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, बाणगंगा नगरपालिकाका प्रमुख चक्र अर्याल, बिजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, सरकारी कार्यालयका प्रमुखहरु, संचारकर्मीहरु लगाउतको उपस्थिती रहेको थियो ।कार्यक्रम समन्वय समितीका प्रमुख बाबुराम आचार्यको अध्यक्षता, उपप्रमुख रमेश कुर्मीको स्वागत तथा जिल्ला समन्वय अधिकारी भुमिराम पोख्रेलको संचालनमा सम्पन्न भएको थियो ।
२१ कार्तिक २०८०, मंगलबार








प्रतिक्रिया