ब्रेकिंग न्युज

पर्यटन सम्वद्ध संघ सस्थाको चार करोड सहयोग रकम प्रधानमन्त्रीलाई हस्तान्तरण




काठमाडौँ २२ कार्तिक । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न सङ्घ संस्थाहरूले ४ करोड भन्दा बढी रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गरेका छन् । बुधबार बिहान बालुवाटारमा पर्यटन मन्त्री सुदन किरातीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर सहयोग रकम हस्तान्तरण गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । यसरी सहयोग गर्नेहरुमा नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम, पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, नेपाल पर्वतारोहण सङ्घ र लुम्बिनी विकास कोष रहेका छन् ।

प्रकाशित : २२ कार्तिक २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६