प्रदेश

बाणगंगाको कार्यपालिका बैठक सम्पन्न, नगर युवा परिषद संचालन कार्यविधि पारित



कपिलवस्तु, २२ कात्तिक । बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । बुधबार नगरपालिकाको विभिन्न महत्वपुर्ण निर्णय गर्दै कार्यपालिका बैठक सम्पन्न भएको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा अघिल्लो बैठकले गरेका निर्णयहरुको कार्यान्वयनको समिक्षा गरेको छ । उनले समिक्षामा जनअपेक्षा अनुसार नै बैठकका निर्णयहरु कार्यान्वयन भएको बैठकले निष्कर्ष निकालेको बताए। बैठकमा संघीय मन्त्रालय एवम् आयोगहरुबाट प्राप्त परिपत्रहरुबारे जानकारी गराईएको छ ।

प्रवक्ता पौडेलले नगरको लोगो छनोटका लागी वडा नं. ७ का वडाध्यक्ष विष्णु गिरीको संयोजकत्वमा ५ सदस्यीय छनोट समिति बनाईएको जानकारी दिए । जसको सदस्यहरुमा वडा नं.६ का वडाध्यक्ष करुण टण्डन, वडा नं. १० का वडाध्यक्ष यमप्रसाद पोख्रेल, कार्यापालिका सदस्य शान्ता पाण्डे र नगरपालिका सुचना प्रविधि अधिकारी मिलन पोख्रेल रहेका छन् ।

बैठकले पशुचौपाया नियन्त्रण, व्यवस्थापन तथा पुर्वाधार निर्माण कार्यविधि २०७९’ लाई संशोधनसहित पारित गरेको छ। यस्तै बैठकले पशुपंक्षी तथ्याङ्क संकलन निर्देशिका २०८० लाई स्वीकृत गरेको छ । उनले अब तत्काल नगरपालिका भित्रका रहेका सम्पुर्ण पशु तथा पंक्षीहरुको तथ्याङ्क लिने काम सुरु गर्ने बताए ।

बैठकले नगर युवा परिषद संचालन कार्यविधि २०८० लाई समेत पारित गरेको छ ।

यसअघि नगरपालिकाले आकस्मिक बैठक बसेर जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावितलाई ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । बुधबारको कार्यपालिका बैठकमा पनि नगरप्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले मृतकप्रति श्रदाञ्जली व्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रकाशित : २२ कार्तिक २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६