नवलपरासी २४ कात्तिक ।पश्चिम नवलपरासीको रामग्राम स्तूपमा उत्खनन सुरु गरिएको छ । रामग्राम नगरपालिका–७ मा रहेको रामग्राम स्तूपमा भएको विहार र ठूलो पोखरीको संरचना पत्ता लगाउने उद्देश्यले यही कात्तिक १५ गतेदेखि उत्खनन सुरु भएको युनेस्कोको सल्लाहकार तथा दुरहाम विश्वविद्यालयका प्राध्यापक रवीन कनिङमले बताए ।भगवान बुद्धको सिङ्गो अस्तुधातु रहेको उक्त स्तूपको पश्चिम उत्तर क्षेत्रमा भग्नावशेष खोज्न उत्खनन सुरु गरिएको उनको भनाइ छ । उनका अनुसार विहार र पोखरीको पर्खाल एउटै छ वा फरक छ भन्ने विषयमा पनि अध्ययन गरिनेछ ।विहार निकै ठूलो क्षेत्रमा फैलिएको प्राध्यापक कनिङमको भनाइ छ । यस क्षेत्रमा रहेको भग्नावशेष कहिले, कसरी र कस्को समयको बनेको हो ? भन्ने विषयमा अध्ययन गरिने उनको भनाइ छ ।
२४ कार्तिक २०८०, शुक्रबार
प्रतिक्रिया