खोज–अनुसन्धान

लुम्बिनी प्रादेशिक अस्पतालको सेवामा सुधार




वुटवल २४ कात्तिक ।बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको सेवामा सुधार हुँदैगएको देखिएको छ । लुम्बिनी प्रदेशकै गौरवको आयोजनाको रुपमा रहेको अस्पतालले कार्य सम्पादनमा लुम्बिनी प्रदेशमै तेस्रो स्थान हासिल गर्न सफल भएको हो । यसअघि सो अस्पताल लुम्बिनी प्रदेशमा चौथौ स्थानमा रहेकोमा अस्पतालले थप सुधार गर्दै गत वर्षभन्दा एक स्थानमाथि उक्लिन सफल भएको हो । अस्पतालका मेडिकल सुपेरिटेन्डेण्ट डा. सुदर्शन थापाले देशका १३ वटा अस्पतालमध्ये लुम्बिनी प्रादेशिक अस्पतालले ७० दशमलव ३६ अंकसहित तेस्रो स्थान हासिल गर्न सफल भएको बताउनुभयो । गत वर्ष यो अस्पताल लुम्बिनी प्रदेशमा चौथो हुन सफल भएको थियो ।

यसअघि अस्पतालमा भएको कार्यशाला गोष्ठीको अवसरमा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले अस्पताललाई प्रदेशमै तेस्रो स्थान हासिल गर्न सफल भएकोमा प्रमाणपत्रसहित सम्मान गर्नुभएको थियो । त्यसैगरी लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदप्रसाद गिरीले अस्पताललाई विरामी सेवकको रुप समर्पित गराउन अनुरोध गर्नुभयो । अस्पतालका अनुसार गएको आर्थिक वर्षमा अस्पतालबाट ३ लाख २ हजार ६९६ सेवाग्राहीले बहिरंग सेवा पाएका छन् । विस्तारित स्वास्थ्य सेवामा न्यूरो एचडीयु (नयाँ भवनमा), एनआइसियु (बेड विस्तार), एसएनसियु सेवा थप गरेको छ । अस्पतालले यसअघि नै ल्याब रिपोर्ट एसएमएस सेवा पनि थप गरी सञ्चालन गर्दैआएको छ ।

प्रकाशित : २४ कार्तिक २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६