देश

जंगली ब्वाँसोले आक्रमण गर्दा १२ घाइते ,एकको मृत्यू



घोराही ३५ कात्तिक । दाङको घोराही उपमहानगरपालिका–५ को वसन्तापुरमा जङ्गली जनावर ब्वाँसोको आक्रमणबाट १२ जना बढी घाइते हुनुभएको छ । गाउँ नजिकै रहेको सामुदायिक वनबाट बस्तीमा छिरेको ब्वाँसोले वसन्तापुर, बरलाबोट र गैरागाउँमा महिला, बालबालिका र पुरुषलाई गरेर १२ जनालाई टोकेको वडा अध्यक्ष विवेक बुढाथोकीले जानकारी दिनुभएको छ ।यता बबई नदीमा डुबेर एक जनाको मृत्यू भएको छ ।

जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी एवं डीएसपी तुलसीराम अर्यालले बबईमा डुबेर मृत्यु हुनेमा गुलरिया-१० रत्नापुरका २४ वर्षीय साहिद अन्सारी भएको भएको बताए ।अन्सारी कसरी डुबे भन्ने प्रहरीले केही खुलाएको छैन । तर स्थानीयहरुले भने तटबन्धका लागि तारजाली बुन्दै गरेका एक जनालाई भारतीय प्रहरीले पक्रन खोज्दा भाग्ने क्रममा बबई नदीमा डुबेर मृत्यु भएको दाबी स्थानीय समाजसेवी मनोज वर्माले दाबी गरे ।
गुलरिया नगरपालिका-१० स्थित लटकनियामा बिहीबार अपरान्ह साढे ४ बजे भारतको लौकाहीबाट दुई वटा मोटरसाइकलमा सादा पोशाकका भारतीय प्रहरी प्रवेश गरेपछि डरले भाग्ने क्रममा २४ वर्षीय साहिद अन्सारीको मृत्यु भएको उनले दाबी गरे ।प्रहरीले बबईमा डुबेर मृत्यु भएको पुष्टि गरेपनि भारतीय प्रहरी आएको जानकारी नभएको जनाएको छ ।

प्रकाशित : २५ कार्तिक २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६