अर्थ-वाणिज्य

उपभोक्ताहितको संरक्षणबाटै देशको समृद्धि खोजौ : सांसद अधिकारी

उपभोक्ता हित संरक्षण मञ्चमा भुसाल



भगवती न्यौपाने
कपिलवस्तु २६ कात्तिक
सांसद बलराम अधिकारीले देश समृद्ध बनाउन उपभोक्ता हितको पनि संरक्षण हुनु पर्नेे बताउनु भएको छ । साथै उहाँले सरकार बनाउदा आफु टिक्ने भन्दा पनि जनताको पक्षमा काम गर्न सक्ने सरकार बनाउनु पर्ने जिकिर गर्नु भयो । सांसद अधिकारीले बनेका ऐन कानुन समय सापेक्ष हुनु पर्ने बताउदै सव्य समाजको निमार्ण गर्न तिनै तहका हकमा सरकारले पहल गर्नु पर्ने बताउनु भयो । स्पष्ट पार्नु भयो । उपभोक्ता हित संरक्षण मञ्च नेपाल बाणगंगा नगर स्तरिय समितिलाई सम्वोधन गर्दै सांसद अधिकारीले यस्तो बताउनु भएको हो । वाणगंगा नगरपालिका मेयर चक्र पाणि अर्यालले कुन वस्तु गुणस्तरीय हिन छ त्यसमा हामी सबै चनाखो हुनु पर्ने बताउदै स्थानीयलाई गुणस्तर बस्तु उपलब्ध गराउन विगत देखि नै नगरले बजार अनुगमन गर्दै आएको बताउनु भयो । नयाँ कार्य समितिलाई बधाई तथा शुभकामा दिदै उपभोक्ता हित संरक्षणले सन्देश दिने गरि काम गर्न समेत उहाँले आग्रह गर्नु भयो । साथै उपमेयर अर्यालले नगर सँग समन्वय गरेर अगाडि बढ्न आग्रह गर्नु भयो ।उपभोक्ता हित संरक्षण मञ्च प्रदेश अध्यक्ष तेज कुमार पाठकले नुन देखि सुन सम्म सचेत हुँदै उपभोक्ता हित संरक्षण मञ्चले हरेक उपभोक्तालाई सचेत बनाउनु पर्ने बताउनु भयो । स्थानीय सरकारले कानुन पुस्तक बनाउनु पर्ने कुरामा जोड दिदै उहाँले हाम्रो भान्सा देखि हरेक सामग्री , महिलाले लगाउने सृंगारमा विशेष ख्याल गर्नु पर्ने बताउनु भयो ।
केन्द्रिय सदस्य रिषि आजादले उपभोक्ता हित संरक्षण मञ्चले माथिल्लो निकाय सम्म यसको काम प्रभाव राम्रो रहेको बताउनुभयो । उपभोक्ता हित संरक्षणले कारवाहि गर्ने होइन कि सम्बन्धित निकाय सम्म खबर पुराउन महत्वपुर्ण टेवा पुग्ने तर्क गर्नु भयो । बिस्तारै विकासले फड्को मार्दै गएको बेला बजारमा भएको अस्तवेस्तलाई राम्रो बनाउन सबैले जोड दिनु पर्ने उहाँले बताउनु भयो ।केन्द्रिय सदस्य आजादले बजारमा हुने कालो बजारीलाई रोक्न सबैले पहल गर्नु पर्ने बताउनु भयो । कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख बाहादुर पछाई ,कपिलवस्तु व्यापार संघका अध्यक्ष खिमानन्द पौडेलल कोपिलले बोलेका कुरा व्यवहारमा पूरा गर्न आग्रह गर्दै उपभोक्ता स्वयमा पनि कस्तो सामाग्री किन्दै छु भनेर ख्याल गर्नु पर्ने बताउनु भयो साथै सबै सँग सहकार्य गर्न तयार रहेको समेत बताउनु भयो ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल कपिलवस्तु शाखाका अध्यक्ष भेषराज पाण्डेको अध्यक्ष तथा कुलराज पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यता अधिकाश बोल्ने वक्ताहरुले यता हरेक घरमा किनेर प्रगोग हुने खाने कुरा सामाग्रि कस्ता छन् भनेर ख्याल गर्नु पर्ने बताउदै तिनै तहका सरकार शशसक्त तरिकाले स्थानीय हितको रुपमा काम गर्न सके देशले छिटो फड्को मार्ने स्पष्ट पार्नु भयो । उक्त कार्यक्रममा कपिलवस्तु उद्योग वाणिंज्य संघका अध्यक्ष दोलकराम घिमिरे समाजसेवी ,शिक्षक ,बुद्धिजिवी पत्रकारहरुहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सिद्धार्थ सामाजिक विकास केन्द्रमा भएको हो ।
उक्त कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नेपाल बाणगंगा नगर स्तरिय समिति गठन गरिएको छ । राष्ट्रिय वुद्ध आवाज साप्ताहिकका कार्यकारी सम्पादक कुलराज भुषालको अध्यक्षतामा ९ सदस्सीय नयाँ कार्यसमिति बनेको छ । जसको उपाध्यक्षमा मधु सुदन पौडेल, सचिव सन्तोष घिमिरे, सहसचिव भगवती न्यौपाने,कोषाध्यक्ष पशुपति गिरि, सदस्यहरुमा रामु पौडेल, मित्रलाल मरासिनी,हिमराज पौडेल, दिपिका सुनार रहनु भएको छ ।

प्रकाशित : २६ कार्तिक २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६