ब्रेकिंग न्युज

अध्यक्ष शर्माद्धारा मौलिक संस्कृतीको संरक्षण र प्रर्वद्धनमा जोड




कपिलवस्तु, कात्तिक २८ ।
नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माले हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व शुभ दीपावली (तिहार)पर्व २०८० सालको अवसरमा शुभकामना सन्देश जारी गर्नु भएको छ । जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा जारी शुभकामना सन्देशमा दिदीले भाइलाई र वहिनीले दाजुलाई टिका लगाई एक अर्का बीच मान सम्मान दिने चलन रहेको यस शुभ दिपावली पर्व २०८० सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजु भाई दिदी वहिनीहरुप्रति शुभकामना ब्यक्त गर्दछौं । जारी शुभकामना सन्देशमा समाजमा रहेका सवै खाले विभेद, विकृतीहरुको अन्त्य र सुसंस्कारयुक्त समाज निर्माणको सार्थक अभियानमा दीपावली पर्वले हामि सबैमा प्रेरणा प्रदान गर्ने शुभेच्क्षा प्रकट गर्दछौं भनिएको छ ।


दीपावली पर्व २०८० को अवसरमा जारी सन्देशमा नेपाली मौलिक संस्कृतीको संरक्षण, प्रर्वधन संगै सबै जात, जाती, भाषा, भाषि, वर्ग समुदाय बीच भाइचारा एकता, सदभाव, कायम गर्दै समुद्ध नेपाल सुखी नेपालीको जन आकाक्षा पुरा गर्न सबै राजनैतिक दल, तीनै तहका सरकार , नागरिक समाजलाई अझ जिम्मेवार बन्नका निम्ति थप उत्साह थप्ने विश्वास ब्यक्त गर्दछौं भनिएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग, कपिलवस्तुले जनाएको छ ।


जारी शुभकामना सन्देशमा दीपावली पर्वका नाममा हुने जुवा, तास एवम् सबै खाले विकृतीको अन्त्य गर्दै पर्वका माध्यमबाट समाजको सकारात्मक रुपान्तरणको अभियानले निरन्तर सार्थकता पाउने विश्वास ब्यक्त गर्दछौं जारी शुभकामना सन्देशमा भनिएको छ ।

प्रकाशित : २८ कार्तिक २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६