एजेन्सी २९ कार्तिक । इजरायली सेनाले १९ वर्षीया नोआ मार्सियानोको मृत्यु भएको पुष्टि गरेको छ। नोआलाई अक्टोबर ७ मा हमास लडाकुहरूले बन्धक बनाएका थिए।हमासले सोही दिन इजरायलमा आक्रमण गरेको थियो र २०० भन्दा बढी मानिसलाई बन्धक बनाएका थिए।यसअघि नोआको एउटा भिडिओ भाइरल भएको थियो जसमा उनले आफ्नो परिचय दिँदै आफूलाई चार दिनदेखि हिरासतमा राखेको बताएकी थिइन्।
२९ कार्तिक २०८०, बुधबार
प्रतिक्रिया