काठमाडौं १ मंसिर । नेकपा एमालेले यो वर्ष ‘अधिवेशन वर्ष’ भनेको छ । सँगसँगै मिसन ८४ केन्द्रित पार्टी अभियानलाई तीव्र पारेको छ । मंसिर १४ बाट मध्यपहाडी केन्द्रित ‘झुलाघाट -चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानको घोषणा गरिसकेको छ । उपत्यका विशेष प्रदेशसहित ८ वटा प्रदेश कमिटीमा अधिवेशनबाट नयाँ नेतृत्व आइसकेको छ । प्रदेशको नेतृत्व चयनमा केही प्रदेशमा नेतृत्वको निर्देशनविपरीत प्यानलवाइज उम्मेदवार नै खडा भए । यसको बाछिटा आसन्न जिल्ला र पालिकाका अधिवेशनमा पर्ने आशंका पनि बढाएको छ ।
पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध संगठित रूपमा जनतामा उत्तेजना फैलाउने र यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेको निष्कर्षसहित दलहरूले मिलेर प्रतिवाद गर्ने निचोड निकाले । प्रधानमन्त्री प्रचण्डले १२ बुँदे समझदारीदेखि शान्ति प्रक्रिया र संविधान निर्माणमा भूमिका खेलेका दलहरूलाई निम्त्याएर दल र नेतामाथि आक्रमण भएको, जनतामा भ्रम पारिएको, जातीय(धार्मिक द्वन्द्वका समस्या देखिन थालेको, राजतन्त्र फर्काउने भन्दै गतिविधिहरू बढेको, सामाजिक सञ्जालमा विकृति मौलाएकोले संघीयता, लोकतन्त्रको रक्षाका लागि सोच्नुपर्ने बेला आएको भन्दै सबैलाई एकजुट हुन अपीलसम्म गरे ।
१ मंसिर २०८०, शुक्रबार
प्रतिक्रिया