अर्थ-वाणिज्य

छैटौं लुम्बिनी प्रादेशिक महोत्सवको तयारी तीब्र



बुटवल १ मंसिर ।चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा यही मंसिर ६ देखि मंसिर १८ गतेसम्म भैरहवामा हुने छैटौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन) को तयारी तीव्र पारिएको छ । ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवर्द्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बचाऔं’ भन्ने नाराका साथ सिद्धार्थनगर–८ स्थित अञ्चलपुरमा महोत्सव हुँदैछ । हालसम्म ७५ प्रतिशत काम सम्पन्न भइसकेको मेला मूल आयोजक समितिका संयोजक तथा उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले बताए ।

मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने उनले बताए । उद्घाटन भएर पनि हालसम्म नियमित सञ्चालनमा आउन नसकेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनका लागि दबाब दिन मेलाको प्रवेशद्वार हवाइजहाजको आकृतिमा निर्माण भइरहेको उनले जानकारी दिए । महोत्सवमा कुस्ती, भलिबललगायतका खेलकुद प्रतियोगिता सञ्चालन गरिने उनको भनाइ छ ।महोत्सव अवलोकन गर्न आउने दर्शकहरुलाई प्रवेश शुल्क वापत ८० रुपैयाँ, विद्यार्थीलाई ५० रुपैयाँ र समूहमा आउने विद्यार्थीलाई ३० रुपैयाँ तोकिएको अध्यक्ष श्रेष्ठले जनाए ।

शनिबार र सार्वजनिक विदाको दिनबाहेक अन्य दिनहरुमा बिहान ९ बजेदेखि ११ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था रहेको उनको भनाइ छ । त्यस्तै परिचयपत्रको आधारमा ज्येष्ठ नागरिक तथा शारीरिक अशक्तहरुका लागि महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था रहेको बताए । महोत्सवको करिब ५ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको उनले बताए ।उद्योग व्यापार संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष तथा मेला मूल आयोजक समितिका सह–संयोजक अनिल कुमार ज्ञवालीले उद्योग, व्यापार, कृषि र पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए ।

प्रकाशित : १ मंसिर २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६