खोज–अनुसन्धान

शुरु भयो मगर महोत्सव : १५० स्टल सहित मगर पहिचान र परिकार उपलब्ध




कावासोती १ मंसिर । नवलपुरको कावासोतीमा प्रथम नवलपुर मगर सांस्कृतिक, कृषि, पर्यटन तथा व्यापार महोत्सव सुरु भएको छ । नेपाल मगर संघ, नवलपुरको आयोजनामा सुरु भएको महोत्सव मंसिर ११ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।महोत्सवको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले उद्घाटन गर्नुभयो । जिल्लामा पहिलो पटक भएको महोत्सवमा मगरहरुको कला, संस्कृति, भाषा, भेषभुषाको संरक्षणका साथै स्थानीय उत्पादनको प्रदर्शनी र कृषि, पर्यटनको विकासमा टेवा पुर्याउने नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपुरका सचिव नम्सु मगरले बताए ।
महोत्सवमा एक सय ५० वटा स्टल राएिको छ । महोत्सवलाई विशेष झल्को दिनका लागि मगरहरुको पहिचान झल्कने प्रवेशद्धार, मगरहरुले परापूर्वकालमा प्रयोग गर्ने घरका नमूना, भाडाकुडाको प्रदर्शनी कक्ष राखिएको छ । त्यस्तै मगर संस्कृति भित्रको कौराहा (कान्राह) नाच प्रतियोगिता पनि हुने भएको छ ।
आयोजकका अनुसार यो नै अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशीको राष्ट्रिय प्रतियोगिता हो ।जसको प्रथम पुरस्कार एक लाख रुपियाँ, दोस्रो पुरस्कार ६० हजार र तेस्रो पुरस्कार ४० हजार रहेको महोत्सवका सांस्कृतिक संयोजक देव गाहा मगरले जानकारी दिए ।उनका अनुसार प्रतियोगितामा गण्डकी र लुम्विनी प्रदेशका विभिन्न जिल्लाबाट १५ टोलीको सहभागिता रहनेछ । विधिवत रुपमा नचाइने कौराहा नाचको सुरुवात नै मगर समुदायको वाहुल्यता रहेको गण्डकी प्रदेशबाट भएको मानिन्छ ।महोत्सवमा नवलपुर कल्चरल डान्स आईडलको रुपमा सबै जातजातिका सांस्कृतिक नाचहरु पनि प्रतियोगिताको रुपमा समावेश गराइने महोत्सवमा सांस्कृतिक संयोजक मगरले जानकारी दिए । त्यस्तै महोत्सवमा लोपुन्मुख अवस्थामा रहेका सोरठी, घाटु र झ्याम्रे नाच पनि देखाइने आयोजकको भनाइ छ ।

प्रकाशित : १ मंसिर २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६