कृषि

पार्टीको सिफारिस लत्याएर का.वा. मुख्यमन्त्रीका ज्वाईलाई प्रदेशीक अस्पतालमा नियुक्ति




दाङ २ कार्तिक । माओावदी केन्द्रको सिफारिस लत्याएर का.वा. मुख्यमन्त्री धनव हादुर मास्कीले आफ्ना ज्वाईलाई प्रदेशीक अस्पतालमा नियुक्ति गरेको खुलाशा भएकोछ । लुम्बिनी प्रदेशको दाङको राप्ती प्रादेशिक अस्पताल विकास समितिमा अध्यक्ष नियुक्त गर्दा पार्टीको सिफारिस एउटा तर नियुक्ति भने मन्त्रीको आफन्तले पाएको खुलेको हो। हालै लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले पार्टीको निर्णयविपरीत आफ्नै नातेदारलाई राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेपछि माओवादी केन्द्र दाङमा विवाद चर्किएको हो ।
मुख्यमन्त्री र स्वास्थ्यमन्त्री नभएका बेला कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका मास्कीले आफ्ना नजिकका मान्छेलाई अस्पताल विकास समितिको अध्यक्ष बनाएको आरोप लागेको छ । माओवादी केन्द्र तुलसीपुर नगर कमिटीको कात्तिक १४ गते बसेको बैठकले शशी किरण ढकाललाई प्रादेशिक अस्पतालको अध्यक्षमा मनोनीत गर्न प्रदेश कमिटीलाई सर्वसम्मत सिफारिस गरेको थियो ।
तर अर्थमन्त्री मास्कीले पार्टीले सिफारिस गरेको व्यक्तिलाई नभई भान्जी ज्वाइँ नाता पर्ने सल्यानका दीपक शाहलाई कात्तिक २३ गते नियुक्त गरेपछि माओवादीभित्र विवाद चर्केको माओवादी नेताहरूले बताएका छन् । स्थानीय पार्टी कमिटीको निर्णयविपरीत मन्त्री मास्कीले आफू अनुकूलका व्यक्तिलाई नियुक्त गरेर मनोमानी गरेको भन्दै स्थानीय नेताहरू रुष्ट बनेको माओवादी जिल्ला कमिटीका एक सदस्यले रातोपाटीलाई बताए ।तुलसीपुर नगर कमिटीले गरेको सिफारिसविपरीत पार्टीकै मन्त्रीले प्रादेशिक अस्पतालको अध्यक्षमा अर्को प्रदेश कर्णालीबाट सल्यानका शाहलाई मनोनीत गरेकोमा माओवादी केन्द्र तुलसीपुर नगर कमिटीका अध्यक्ष खुसीराम चौधरीले असन्तुष्टि व्यक्त गरे । शाह यसअघि सल्यानको शारदा नगरपालिका–१५ मा वडा अध्यक्षमा माओवादी केन्द्रबाट चुनाव लडेर पराजित भएका थिए ।
कात्तिक २३ गते कार्यवाहक मुख्यमन्त्री तथा स्वास्थ्य मन्त्रीको हैसियतमा मास्कीले अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेका थिए । जसअनुसार प्रदेशका १३ वटा अस्पताल विकास समितिमध्ये नेपाली काँग्रेसलाई ६, माओवादी लाई ४, जसपा, लोसपा र एकीकृत समाजवादीलाई एक–एक वटा अस्पताल विकास समितिको अध्यक्ष दिइएको थियो । यता लुम्बिनी प्रदेशमा गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोष पाण्डेयले मन्त्रिपरिषद्ले निर्णय गर्दा सबैको सल्लाह भएको तर मन्त्रीको आफन्तभन्दा पनि त्यहाँ नाम मात्र हेरिएको बताए । हाल नियुक्त भएका दीपक शाहको ठेगाना दाङ उल्लेख गरिएको छ ।(रातोपाटी )

प्रकाशित : २ मंसिर २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६