अर्थ-वाणिज्य

देउसी भैलो खेलेर जुटाएको रकम ब्रेन टयूमर, मृगौला र क्यान्सर पीडितलाई हस्तान्तरण



दाङ ३ मंसिर । राप्ती गाउँपालिका दाङका विभिन्न भैलो समूह र युवा क्लबले देउसी भैलो खेलेर जुटाएको रकम ब्रेन टयूमर, मृगौला र क्यान्सर पीडित बिरामीलाई हस्तान्तरण गरेका छन्।पालिकाको वडा नं।६ र ७ का स्थानीयहरु आवद्ध रहेको सिस्ने सांस्कृतिक संरक्षण देउसी भैलो समूह र वडा नं।२ का युवाहरु आवद्ध न्यु डान्स क्रियसन युवा क्लबले देउसी भैलो खेलेर जुटाएको रकम उनीहरूलाई हस्तान्तरण गरेका हुन् । सिस्ने सांस्कृतिक संरक्षण देउसी भैलो समूहले वडा नं। ६ का क्यान्सर पीडित बिमला पोख्रेल, गोमादेवी थापा र वडा नं। ७ का हुकुम बहादुर सन्यासी र दुर्गा सुवेदी गरि ४ जनालाई जनही १०/१० हजार रुपैयाँ नगद हस्तान्तरण गरेको समूहका अध्यक्ष बिर्ख बहादुर महराले जानकारी दिए ।

त्यस्तै न्यु डान्स क्रियसन युवा क्लबले वडा नं। २ का ब्रेन ट्यूमर जाल्पा परियार र वडा नं। ४ का मिर्गौला पीडित सन्तोष मल्ल लाई जनही ५/५ हजार रुपैयाँ नगद प्रदान गरेको क्लबका सल्लाहकार आशिष न्यौपानेले जानकारी दिए । देउसी भैलो खेलेर संकलन गरेको रकम मध्ये बिरामीहरुको उपचारमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको उनीहरूले बताएका छन्। ती समूहहरुले विगतका वर्षहरूमा पनि देउसी भैलो खेलेर संकलन गरेको केही रकम सामाजिक कार्यमा खर्च गर्दै आएका छन्।

प्रकाशित : ३ मंसिर २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६