अर्घाखाँची, ०३ मंसिर । अर्घाखाँचीको जलुकेमा तरकारीमा राख्ने बिषादी सेवन गर्दा एक जनाको मृत्यु भएको छ। शितगंगा नगरपालिका वडा नम्बर ७ मगराकल्लेरी निवासी ६० वर्षीय खुमबहादुर थापाको तरकारीमा राख्ने विषादी सेवन गरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रतीत सिंह राठोरले बताए ।
गत बुधबार बिहान तरकारीमा राख्ने बिषादी सेवन गरेर गम्भीर बनेका थापालाई उपचारको लागि मेडिकल कलेज भैरहवा पठाइएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक बिक्रम रिजालले बताए।








प्रतिक्रिया