अर्थ-वाणिज्य

कांग्रेसले पूर्ब सहमति पालना नगरे अव धेरै दिन पर्खन नसक्ने बर्षमानको चेतावनी




बुटवल ५ कार्तिक । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कांग्रेसले पूर्ब सहमति पालना नगरे अव धेरै दिन पर्खन नसक्ने चेतावनी दिएका छन् । उनको यो चेतावनीसंगै लुम्बिनी प्रदेश सरकार विस्तार लम्बिएको छ भने कतै गठबन्धन टुट्ने चरणमा पुगेको त होइन ? भन्ने आशंका जन्माएको छ । लामो समयदेखिको कांग्रेस र माओवादीबिच सरकारमा मन्त्री थप्ने विषयमा भएको विवाद मिलाउन माओवादीको केन्द्रीय नेता वर्षमान पुनकै सहभागितामा लुम्बिनीमा बैठक बसेको थियो ।बैठकममा कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले मन्त्रालय थप्ने पुरानै अडान नछोडेपछि माओवादी कांग्रेसको अडानमा असन्तुष्ट बनेको छ, लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महरा, कांग्रेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश सभापति अमरसिंह पुनसहितका नेताहरुले छलफल गरेका थिए ।

कांग्रेसका सभापति पुनले पार्टीको मन्त्रालय नथप्ने अडानबाटपछि नहटेको र माओवादीले पूर्वसहमति अनुसारका मन्त्रालय पाउनुपर्ने अडान नछोडेपछि बैठक निष्कर्षविहीन भएको कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बताए ।६ महिनादेखि माओवादीबाट मन्त्री बन्ने नेताहरू कांग्रेसका कारण रोकिएको भन्दै माओवादीले कांग्रेसलाई निरन्तर दबाब दिँदै आएको छ । माओवादीले यसअघिको सहमतिअनुसार तीन मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ । तर अहिले माओवादीबाट धनबहादुर मास्की मात्र सरकारमा अर्थमन्त्रीका रुपमा सहभागी छन् ।सरकार बिस्तारबारे बसेको नेताहरूको बैठकमा माओवादीले आफ्नो अडान नछोडेपछि सहमति नजुटेको कांग्रेस सभापति अमरसिंह पुनले बताए ।
लुम्बिनीमा अहिले ७ सदस्यीय मन्त्रिपरिषद् छ । यसअघिको सहमतिअनुसार माओवादीले थप दुई र कांग्रेसले थप ३ मन्त्रालय पाउनुपर्ने हो । तर बाँकी ३ मन्त्रालय मात्रै रहेकाले उनीहरूलाई भागबन्डा पु¥याउन २ मन्त्रालय थप्नुपर्छ । कांग्रेससँग सरकार गठनका बेला ३ मन्त्रालय पाउने सहमतिपछि माओवादीले धनबहादुर मास्की, रोल्पाका दीपेन्द्र पुन र बाँकेकी कृष्णा केसीलाई मन्त्रीमा सिफारिस गरेको थियो । त्यही सहमतिअनुसार माओवादीबाट मास्की अर्थ मन्त्री बनेका हुन् । कांग्रेसबाट दाङकै राजु खनाल स्वास्थ्यमन्त्री बनेका छन् ।
सोमबार देउखुरीमै बसेको बैठक र यसअघि काठमाडौंमा शीर्ष नेताहरुसँगको बैठकबाटसमेत सहमति जुटाउन नसकेपछि सरकार बिस्तार तत्कालका लागि रोकिएको कांग्रेसले जनाएको छ । लुम्बिनीमा रहेका १० दलमध्ये ८ दल मिलेर वैशाख १४ मा सरकार बनेको थियो । सरकारमा साना दलले एक÷एक मन्त्रालय लिएपछि ठूला दल कांग्रेस र माओवादी अप्ठ्यारोमा परेका हुन् । मुख्यमन्त्री चौधरीले सरकार विस्तारका लागि दुवै दलसँग सहमतिको प्रयास भईरहेको र केही दिनमा सरकार विस्तार हुने बताए ।अहिले लुम्बिनी सरकारमा कांग्रेसबाट मुख्यमन्त्री चौधरीसहित २, माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमतबाट एक÷एक जना मन्त्री रहेका छन् । एक÷एक सांसद रहेका नेकपा एस र जनमोर्चालाई विषयगत समितिमा जिम्मेवारी दिएर मिलाउने तयारी छ । एमाले प्रतिपक्षमा र राप्रपा पनि सरकार बाहिर छ ।

प्रकाशित : ५ मंसिर २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६