कपिलवस्तु ५ मंसिर । १४ औ कपिलवस्तु महोत्सवले सिगिल आर्थिक अवस्थालाई गतिशिल बनाउने अपेक्षा आयोजक सस्था बाणगंगा वेयलफेयर सोसाइटीले राखेकोछ । १४ औं कपिलवस्तु महोत्सव मंसिर २१ देखि पुष १ गतेसम्म आयोजना हुन लागेकोले यसको प्रभाव आर्थिक कृयाकलापमा पर्ने अपेक्षा गरिएको हो । यो महोत्सव कपिलवस्तुको लागि मात्र होइन अर्घाखाँची र रुपन्देही हुदैसिमा क्षेत्र भारतका लागि पनि ठूलो मेलाका रुपमा संचालन हुने गरेकोछ ।
बाणगंगा वेयलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँणले २०६५ साल देखि प्रारम्भ गरिएको कपिलवस्तु महोत्सव सोसाईटीले तेस्रो, पाचौं, सातौ, नवौं र एघारौं महोत्सव सफलतापुर्वक सम्पन्न गरिसकेको बताउँदै सोसाइटीले गर्ने आयोजनामा सिंगो वाणगंगा नगरपालिका ,उद्योग वाणिज्यसंघ अन्य महत्वपूर्ण संघ सस्थाको हातेमाले रहेकोले महोत्सव भब्य रुपम सफल हुने वताउनु भयो ।खाँणले महोत्सव स्थलमा स्टल निर्माण लगायतका अन्य काम दुर्त गतिमा अघि बढेको बताउनुभयो ।
महोत्सवका निर्देशक तथा बाणगंगा वेयलफेयर सोसाइटीका महासचिव दिनेश बहादुर रोकाहा (दिनेश)ले देशमा व्यापक वेरोजगारीता र युवाहरु विदेश पलायन भइरहेको अवस्थामा यस क्षेत्रका युवाहरुलाई संगठीत गर्दै युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृर्षि क्षेत्रको प्रचार – प्रसार प्रर्वद्धनमा प्रोत्साहन भन्ने मुल नारा सहित सुचना र प्रविधिको प्रयोग गरि उद्योग,पर्यटन कृषि, संस्कृतीकोे प्रचारलाई मुख्य उद्देश्यले महोत्सव आयोजना गरिएकोले कपिलवस्तु जिल्लावासीलाई सहयोगका लागि अपिल गर्नुभयो ।महोत्सवका मिडिया संयोजक कृष्ण पौडेलले महोत्सवको सफलतामा संचार माध्यमको ठूलो हात रहने भन्दै सबैले आ आफ्नो ठाउवाट सकृय रुपमा टेवा पुराउन आवहान गर्नु भयो








प्रतिक्रिया