कपिलवस्तु ६ मंसिर ।हिमालपारीको मुक्तिनाथ मन्दिर जाने चाहाना छ भने १४ औं कपिलवस्तु महोत्सवले पुरा गरिदिनेछ । उच्च धार्मिक तथा पौराणिक महत्व बोकेको मुक्तिनाथ मन्दिरको बस्चुस्थिती देखाउन १४ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा मुख्य गेट मुक्तिनाथ मन्दिरकै हुनेछ । यो महोत्सवको एक मुख्य आकर्षणको रुपमा रहने छ ।
बाणगंगा वेयलफेयर सोसाइटीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार खाँणले मुक्तिनाथको यात्रा जटिल रहेकोले हजारौ संख्यामा हिन्दू धर्मावलम्बीहरु तीर्थाटनको लागि जान चाहाने भएकाले पर्यटन प्रवद्र्धन र प्रचार प्रसारमा योगदान गर्न महोत्सवको आकर्षणको रुपमा मुक्तिनाथको गेट राखिन लागेको बताए । खाँणले नेपालका ऐतिहासिक महत्व बोकेका सम्पदाहरुको प्रचार प्रसार गर्ने उद्देश्यले यो पटक मुक्तिनाथको गेटलाई महोत्सवको मूलद्वारको रुपमा राखिने बताए ।
मुक्तिनाथ हिन्दू तथा बौद्ध धर्मालम्वीहरुको लागि एक महत्वपूर्ण तिर्थस्थल हो । नेपालको हिमालपारीको जिल्ला मुस्ताङ जिल्लामा अवस्थित छ । यस मन्दिरलाई हिन्दूहरूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा ( ‘सय पानी) भन्दछन । मुक्तिनाथ वैष्णव सम्प्रदायको पनि प्रमुख मन्दिरहरू मध्य एक हो । यो तिर्थस्थल शालिग्राम भगवानको लागि प्रसिद्ध रहेको छ । शालिग्राम पवित्र शिला हो जसलाई हिन्दू धर्ममा पुजनीय मानिन्छ । यो मुख्य रूपमा कालिगण्डकी नदीमा पाइन्छ । यस क्षेत्रमा मुक्तिनाथ अवस्थित छ त्यस ठाउँलाई मुक्तिक्षेत्रको नामले चिनिन्छ ।
धार्मिक मान्यताको आधारमा यो यस्तो क्षेत्र हो, जहाँ मानिसहरूलाई मुक्ति अथवा मोक्ष प्राप्त हुन्छ । महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा (दिनेश)ले महोत्सवमा गेट मुक्तिनाथको गेट झल्कने गरी बनाइने बताए । कपिलवस्तु, छिमेकी जिल्लाहरु, रुपन्देही, अर्घाखाँची, गुल्मी, दाङ, पाल्पा र छिमेकी राष्ट्र भारत लगायत स्थानबाट महोत्सव अवलोकन गर्न आउने दर्शकका लागि मुक्तिनाथको झल्को दिने र गेटको निर्माण दक्ष कालिगणले रोकाहाले बताए ।
यस्तो छ मुक्तिनाथको पौराणिक मान्यता :
मुक्तिनाथ १०८ दिव्य देशहरूमा एक स्थान हो । यो ‘दिव्य देश’ वैष्णवहरूको पवित्र मन्दिर हो । पारम्परिक रूपमा भगवान विष्णुको शालिग्राम शिलाको रूपमा पूजा गरिन्छ । यस शिलाको निर्माण यस्तो प्रागैतिहासिक कालमा पाइने किराको जीवाश्मबाट भएको थियो, जो मुख्यतः टेथिस सागरमा पाइन्थे ।जहाँ टेथिस सागर अवस्थित थियो त्यहाँ अब हिमालय पर्वत छ । पौराणिक मान्यताहरूका अनुसार शालिग्राम शिलामा विष्णुको निवास हुन्छ । यस सम्बन्धमा अनेक पौराणिक कथाहरू पनि प्रचलित छन् । यिनै कथाहरूमा एक कथाका अनुसार जब भगवान शिवले जालन्धर नामक असुरसँग युद्धमा जित्न सकेका थिएनन त्यो बेला भगवान विष्णुले उनको मद्दत गरेका थिए ।
कथाहरूमा भनिएको छ कि जबसम्म असुर जालन्धरकी पत्नी वृन्दाले आफ्नो सतीत्व बचाएर राखेकी थिइन तबसम्म जालन्धरलाई कसैले पनि पराजीत गर्न सक्दैनथ्यो । यो अवस्थामा भगवान विष्णुले जालन्धरको रूप धारण गरेर वृन्दाको सतीत्वलाई नष्ट गर्ने काममा सफल भएका थिए । जब वृन्दालाई यस कुराको थाहा भयो त्यो बेलासम्म भगवान शिवले जालन्धरको बध गरिसकेका थिए । यसैले वृन्दाले भगवान विष्णुलाई शिला, रुख, झारपात र घाँस भएर जीवन व्यतीत गर्नु परोस भनेर श्राप दिएकी थिइन । फलस्वरूप कालान्तरमा जो हिन्दू धर्मका आराध्य हुन ति विष्णुले भगवान शालिग्राम शिला, पिपल, तुलसी र कुश भएर जन्म लिनु परेको थियो । पुराना दंतेकथाहरूका अनुसार मुक्तिक्षेत्र त्यस्तो स्थान हो जहाँ मोक्षको प्राप्ति हुन्छ।
यसै स्थानमा भगवान विष्णु शालिग्राम शिलामा निवास गर्दछन भन्ने जनविश्वास रहेको छ । मुक्तिनाथ बौद्ध धर्मावलम्बीहरूका लागि पनि एक महत्वपूर्ण स्थान हो । यसै ठाउँको बाटो भएर उत्तरी पश्चिमी क्षेत्रका महान बौद्ध भिक्षु पद्मसम्भव बौद्ध धर्मको प्रचार–प्रसारका लागि तिब्बत गएका थिए ।वि। सं। २०६२ सालको मंसिर महिनामा मुक्तिनाथका पिठाधिश्वर कमलनयन आचार्य लगायत लाखौं नेपाली भक्तजनहरूले नेपाललाई तत्कालिन दन्द्वबाट मुक्ति मिलोस भनेर मुक्तिनाथका १०८ शालिग्रामलाई हरिद्वारमा लगेर गङ्गाको तटमा सवालाख गाइको दूधले नुहाएर सवाकरोड बत्ती बाली पूजा गरेका थिए । यसरी सवा लाख गाईको दूधले शालिग्राम नुहाएको समयमा गङ्गाजीको पानी पुरै सेतो देखिएको थियो भने सवा करोड बत्ती बालेको समयमा रातीमा पनि पुरै गङ्गाको तट दिनको उज्यालो झैं झिलिमिली देखिएको थियो र शहर भरी घिउको बत्ति बालेको वासना फैलिएको थियो ।
तस्बीर सौजन्य : कृष्ण पौडेल
६ मंसिर २०८०, बुधबार
प्रतिक्रिया