देश

नयाँ कार्यकक्षबाट प्रधानमन्त्री प्रचण्डले भने, अब सरकार नयाँ ढंगबाट अघि बढ्छ



काठमाडौं, ०६ मंसिर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबारबाट नयाँ कार्यकक्षको प्रयोग गरेका छन् । पश्चिम मोहोडाको पुरानै कार्यकक्षको प्रयोग सुरु गरेका छन् । २०७२ सालको भूकम्पपछि प्रयोगविहीन भएको सिंहदरबारको पश्चिम मोहोडाको पुरानै कार्यकक्ष प्रयोग गर्दै उनले अब सरकार नयाँ ढंगले अघि बढ्ने बताएका हुन् ।

सिंहदरबारको पश्चिम तर्फको (रेट्रो फिटिंग भएको) भागमा बनाइएको कार्यालयमा सरेसँगै उनले सरकारको कामको प्रकृति र गुण नयाँ ढंगबाट अघि बढाउने बताएका हुन् ।

पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुम्म परेर बस्नुपरेको अनुभव सुनाउँदै प्रधानमन्त्रीले अब ताजा भई काम गर्न पाएको जानकारी दिए ।

‘हामी प्रधानमन्त्रीको कार्यालय सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सरेका छौँ । यो ठाउँ मात्रै सारिएको होइन, कामको प्रकृति र गुण पनि अब नयाँ ढंगले जाने संकल्प पनि यसभित्र रहेको महसुस गरेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयभित्रका स्टेट हल र बेलायती कक्ष तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले निर्माण र प्रयोग गरेका कक्ष हुन् । यी कक्षहरु विगतमा २०७२ अघिका प्रधानमन्त्रीहरुले पनि प्रयोग गरेका थिए ।

माघ २०७७ सालमा सिंहदरबारको पूर्वी, उत्तरी र दक्षिणी मोहोडाको पुनर्निर्माण सकेपछि तीनै मोहोडामा प्रधानमन्त्रीका लागि कार्यकक्ष र बैठक कक्ष बनाइएका थिए ।

प्रकाशित : ६ मंसिर २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६