चितवन, ०६ मंसिर । भरतपुर महानगरपालिका–१२ मिलन चोकको कलवडमा आज बुधवार एक पुरुष र एक महिलाको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता विजयराज पण्डितका अनुसार ३०, ३२ वर्षको उमेरका उनीहरूको शव भेटिएको हो । शव दुई वटा बोरामा बाँधेर फालेको अवस्थामा भेटिएको हुँदा शङ्कास्पद भएको उहाँले बताउनुभयो ।
हातखुट्टा बाँधेर बोरामा हालेर फालेको अवस्थामा शव भेटिएको र घटनाको अनुसन्धान शुरु गरिएको डीएसपी पण्डितले जानकारी दिनुभयो ।








प्रतिक्रिया