देश

भूकम्पपीडितका लागि चार करोड संकलन



सुर्खेत, ६ मंसिर ।

जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका लागि चार करोड बढी संकलन भएको छ । पीडितहरुका लागि विभिन्न सहयोगी निकायहरुले चार करोड ५५ लाखभन्दा बढी रकम जम्मा गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो रकम प्रदेश सरकार बाहेकका अन्य निकाय तथा व्यक्तिहरुले मात्र संकलन गरेको हो ।

भुकम्पपीडितहरुको पुनस्र्थापना, राहततथा उद्दारका लागि कर्णाली प्रदेश सरकारले खोलेको प्रदेश विपद कोषमा सहयोगी निकायले सो रकम जम्मा गरेका छन् । गएको कात्तिक १७ गते मध्य राती आएको भूकम्पको कारण ठूलो मात्रामा जनधनको क्षति भएको थियो ।

मन्त्रालयको विपद व्यवस्थापन शाखा प्रमूख कृष्ण बहादुर रोकायाका अनुसार कोशी प्रदेशले एक करोड, लुम्विनी प्रदेशले एक करोड पचास लाख, एनसेलले पचास लाख रकम प्रदेश कोषमा जम्मा गरेका हुन् ।

प्रदेश सरकारले नियमित बजेट अन्तर्गत कोषमा जम्मा गरेको चार करोड चार लाख १८ हजार बाहेक हालसम्म विभिन्न प्रदेश सरकार, नागरिक, संघसंस्थाले कोषमा चार करोड ५५ लाख ७६ हजार १ सय ५७ रुपैंयाँ जम्मा गरेका छन् । प्रदेश सरकार र सहयोग प्राप्त भएको रकम कूल ८ करोड ५९ लाख ९४ हजार १ सय ५७ रुपैंया रहेको उनले जनाए । यो कोषबाट नभई वित्तिय हस्तान्तरण अन्तर्गत साढे दुई करोड रुपैयाँ भूकम्प प्रभावित पालिकाहरुमा पठाइसकेको उनले जनाए ।

प्रकाशित : ६ मंसिर २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६