देश

दुर्गा प्रसाईको चुनौतिः गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामा जनमत संग्रह गराऊ



बुटवल,६ मंसिर । राजावादी अभियन्ता दुर्गा प्रसाईंले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामा जनमत संग्रह गराउन राजनीतिक दलहरुलाई चुनौती दिएका छन् ।

बुधबार भक्तपुरस्थित आफ्नै निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रसाईं ले मध्यावधि चुनाव, कार्यकारी प्रधानमन्त्री जनताले चुनेको बनाउन तथा राजतन्त्र र हिन्दू राष्ट्रको विषयमा जनमतसंग्रह गराउन दलहरुलाई चुनौति दिए । जनमत संग्रह भए आफ्ना एजेण्डाले जित्ने उनको दावी छ ।
आफ्नो व्यक्तिगत ऋणका विषयमा भइरहेका चर्चामाथि बोल्दै उनले आफूसँग ऋण थाम्ने धितो बैंकमा रहेकाले ऋण तिर्न नसके बैंकले धितो लैजाने बताए ।

‘बैंकमा धितो राखेर ऋण लिएको हो । ऋण तिर्न नसके बैंकले लैजान्छ । अरुलाई केको चिन्ता’, प्रसाईंले भनेका छन् । पत्रकार सम्मेलनमा प्रसाई एमालेप्रति खनिएका थिए ।

प्रकाशित : ६ मंसिर २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६