कृषि

कहाँर समुदाय सिंगाडा खेतीबाट मनग्य आम्दानी गर्दै




कपिलवस्तु ७ मंसिर।कपिलवस्तु नगरपालिका तौलिहवा बजारको कहार टोलका कहाँर जातिहरु मौसमी सिंगाडा उत्पादन गरेर मनग्य आम्दानी गर्ने गरेका छन ।अहिले उनी र उनको परिवारलाइै सिंगाडा बेच्ने चटारो छ । मौसमी फलकारुपमा रहेको सिंगाडा खेतीबाट उनले मनग्य आम्दानी गर्ने गरेका छन् । माछापालनकालागि ठेक्का लिएका तालमा सिंगाडा उत्पादन गरी उनले राम्रो कमाई गरीरहेका हुन । अहिले बजारमा सिंगाडोका माग अधिक भएकाले पाखेरीमा फलेको मौसमी फल सिंगाडा टिपेर बिक्री गर्न भ्याई छ । ४५ बर्षे कमलेशले सिंगाडा बिक्रीबाट आफुले राम्रो आम्दानी लिने गरेको बताए । बजारमा अहिले सिंगाडाको माग धेरै भएकाले पोखरीमा फलेको सिंगडा संकलन गरी बजारमा लगेर बिक्री गर्नमा आफनो पुरै परिवार ब्यस्त रहेको उनले बताए । उनी आफु सहित अन्य ४ जनालाई पनि ज्याला दिई सिंगाडा टिप्न लग्ने गरेका छन् ।
उत्पादन भएका सिंगाडा तौलिहवा हाट बजारमा बेच्न लाने गरेको उनी बताउछन । त्यहीबाट ब्यापारीहरुले किनेर जिल्लाका बिभिन्न बजारहरु बिक्रीकालागि लाने गरेको छन ।असोज देखि मंसिर भित्र पर्ने दशैं तिहार, बडकी आईतवार र हरिबोधनी एकादशी मा सिंगाडा बढी बिक्री हुने हुदा सिगाडा खेती गर्नेहरु बढी उत्साहित हुन्छन् । मंसिर ७ गते शुक्रवार परेको हरिबोधनी एकादशीमा तौलिहवा बजारम भरी सिगांगा बेच्ने र किन्नेको भीड लागेको छ यो फल ५० देखि ६० रुपिया किलो सम्म बिक्री हुने गर्दछ । मौसमी फल सिंगाडा खेतीका बिषयमा भने कृषि ज्ञान केन्द्र संग आधिकारि कुनै तथ्यांक छैन । जिल्लाका काहार समुदायका मानिसहरुले पोखरीमा सिंगाडा उत्पादन गरी राम्रो आम्दानी भने पाउने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रकाशित : ७ मंसिर २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६