अर्थ-वाणिज्य

एमाले कपिलवस्तुको टोलीद्वारा चिसापानीमा घर-टहरा पुर्ननिर्माण जारी



पार्वती पाण्डे
कपिलवस्तु ८ मंसिर।कार्तिक १७ को भुकम्पपछि उद्धार र पुनर्निर्माण कार्यमा रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको वडा नं ११ चिसापानीमा पुगेको एमाले कपिलवस्तुको २१ सदस्यीय टोली ३ दिन देखि निरन्तर काममा खटिरहेकोछ । भूकम्प पिडितलाई मलमपट्टी लगाउन नेकपा (एमाले ) कपिलवस्तु जिल्ला अध्यक्ष डम्मर शर्माको नेतृत्वमा रुकुम पश्चिमको आठबीस कोट नगरपालिका वडा नं। ११ को चिसापानीमा टोली पुगेको हो । कपिलवस्तुको स्वयंसेवक टोलीमा खटिएका २१ जनाले ३ दिनमा ३ वटा टहरा पुनर निर्माण गरेकाछन् भने ४ वटा घरको छरपष्ट काठपात , खर तथा टिनलाई मिलाउन सफल भएको टोली नेता डम्मर शर्माले जानकारी दिनु भयो ।
२१ जना मध्ये ६÷६ जनाका ३ टोली वनाएर फरक फरक काममा खटिएका छन् २ जना भान्सामा १ जना स्वास्थ्यकर्मी उपचारमा खटिएको वताइएकोछ ।एमालेका प्रदेश कमिटी पूर्व सदस्य समेत रहेका डा धर्मराज भट्टराईले औषधिको ब्यवस्था सहित त्यहा पुगेर स्वास्थ्य परिक्षण र उपचार गरिरहनु भएको छ। उहाले ३ दिनमा ४८ जनाको उपचार गरेको वताउनु भयो । अधिकांस वालवालिका र महिलाको उपचार गरेको भन्दै औषधी अभाव हुने देखिएको उहाँले वताउनु भयो । उक्त वडामा नेकपा एमालेले वडाअध्यक्ष जितेको रहेछ वडाधयक्षले निकै नजिकवाट सघाउनु भएको छ त्यसैले काम गर्न सजिलो भएको छ अध्यक्ष शर्माले भन्नु भयो ।
यता यूवासंघका जिल्ला अध्यक्ष कमल क्षेत्रीले दिनभर काम गरेर साझ विश्राम गर्ने ठाउमा इन्टरनेट सुविधा नभएकोले परेको अफ्ठयारो फुकाउन सफल भएको भन्दै त्यहा स्वब्यवस्थापनमा सबै काम भएकाले कुनै समस्या नरेको वताउनु भयो । टोलीमा स्वास्थ्यकर्मी डा. धर्म भटराई भएकाले ढुक्कले काम गर्न सकिएको उहाले वताउनु भयो , यता एमालेकी उपसचिव शुसिला दर्लामीले महिलाले पनि आफू सक्दो पुनरनिर्माणको काम गरेको वताउदै छानो छाउने काम वाहेक अन्य सबै काममा महिला टोली अग्रसर भएर दैनिक कम्तीमा १० घण्टा काम गरेको उहाँले वताउनु भयो

प्रकाशित : ९ मंसिर २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६