अन्तर्राष्ट्रिय

तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समाबेश गरी अन्तराष्ट्रियकरण गर्छाै : मन्त्री किराँती




कपिलवस्तु ९ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समाबेश गरी विश्व सम्पदासूचीमा सूचीकृत गरिने बताउनुभएको छ । मन्त्री किराँतीले राजा शुद्धोधनको राजदरबार एवम् बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोट निरीक्षण गर्ने क्रममा सो कुरा बताउनुभएको हो । राज्यले तिलौराकोटलाई गौरवको योजना बनाएर विश्व सम्पदासूचीमा सूचीकृत गर्न अग्रसर रहेको मन्त्री किराँतीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस ठाउँले विश्व सम्पदासूचीमा सूचीकृत गर्न पहल गरिरहेका छौं ।’तिलौराकोटलाई राष्ट्रको गौरव, इतिहास र संस्कृतिको संरक्षणका साथै बातारणको संरक्षण गर्ने उहाँको भनाइ छ ।
उहाँले जमिनमुनि रहेको संरचनालाई उत्खनन र प्रमाणीकरण गर्न विश्व सम्पदासूचीमा सूचीकृत गर्न समय लागेको बताउनुभयो । प्राचीन तिलौराकोटलाई विश्व सम्पदासूचीमा सूचीकृत गर्न अन्तिम चरणको मनोनयन दस्ताबेज पेस गर्ने तयारी भइरहेको उहाँको भनाइ छ । यसअघि पहिलो चरणको प्रस्तावित मनोनयन दस्ताबेज विश्व सम्पदा केन्द्रमा सूचीकृत गर्ने प्रक्रियाअनुसार गत सेप्टेम्बरमा युनेस्को विश्व सम्पदा केन्द्रमा पेस गरिएको थियो ।कोषका वरिष्ठ निर्देशक एवं मनोनयन दस्ताबेज तयारीका संयोजक ज्ञानिन राईले दोस्रो चरणको मनोनयन दस्ताबेजको कामका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूसँग छलफल र परामर्श भइरहेको बताउनुभयो । निरीक्षणको त्रममा तिलौराकोटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको समेत सहभागिता थियो ।
तस्विर ः

प्रकाशित : ९ मंसिर २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६