खोज–अनुसन्धान

पक्राउ गरिएका प्रसाइका २६१ कार्यकर्ता रिहा, ५ एटिएफ विरुद्ध मुद्दा चल्ने




कपिलवस्तु ९ मंसिर । दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी हुन आएको आरोपमा काठमाडौँको तीनकुनेमा प्रहरीले पक्राउ गरेका अधिकांश व्यक्तिहरू रिहा भएका छन् । प्रदर्शन स्थलबाट शुक्रवार पक्राउ गरिएका मध्ये २६१ जनालाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता ९एसपी० कुमोध ढुङ्गेलले बताए ।
पूर्व राजाका समर्थक ५ जनालाई चाहिँ प्रहरीले मुद्दा चलाउने भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को प्रदर्शनमा खटिएका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित ५ जनाविरुद्ध मुद्दा चल्ने एसपी ढुङ्गेलले जानकारी दिए ।
खड्कासहित मुनेन्द्र राजभण्डारी, अनुपविक्रम शाही, सतिश न्यौपाने र आवास खड्कालाई प्रहरीले मुद्दा लगाउने निर्णय गरेको छ । उनीहरू प्रसाईं नेतृत्वको समूहको एटिएफ ९एनि टाईम फोर्स०मा आबद्ध भएको आरोप छ । खड्का शुक्रवार बिहान काठमाडौँको फुटुङबाट पक्राउ परेका हुन् । उनलाई प्रहरी वृत बालाजुमा राखिएको छ ।

प्रकाशित : ९ मंसिर २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६