देश

रुकुम पश्चिममा बसको ठक्करबाट एक जनाको ज्यान गयो, दुई जना घाइते



रुकुम पश्चिम, ०९ मंसिर । रुकुम पश्चिमको आठबिसकोटमा रात्रि बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

आठबिसकोट नगरपालिका वडा नम्बर ११ को चिसापानीमा शुक्रवार बेलुका ना ३ ख ५२०७ नम्बरको रात्रि बसले ठक्कर दिँदा ३८ वर्षीय गणेश परियारको ज्यान गएको हो ।

परियारको घटनास्थलमै ज्यान गएको आठबिसकोट नगरपालिकाका मेयर रवि केसीले जानकारी दिनुभयो ।

घाइते हुनेहरुमा आठबिसकोट नगरपालिका–१४ ज्यामिरकोटका १९ वर्षीया भावना चन्द र २० वर्षीय राजेन्द्र पोखरेल रहनुभएको छ । घाइते दुवै जनाको आठबिसकोट राडीमा रहेको नगर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : ९ मंसिर २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६