गुल्मी ९ मंसिर । नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलन सुरु भएको छ। शनिबारदेखि सदरमुकाम तम्घास चिदिचौर खेलमैदानमा सुरु भएको दोस्रो जिल्ला सम्मेलनको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उद्घाटन गरेका छन्। नेपाली कांग्रेस पार्टीले हालसम्म गरेका कामको समीक्षा र आगामी कार्ययोजनाबारे जानकारी दिने उद्देश्यसहित दोस्रो जिल्ला सम्मेलनको आयोजना गरेको पार्टीले जनाएको छ।
कार्यक्रममा केन्द्रीय सदस्य डा चन्द्र भण्डारी, चन्द्र केसी, नैनसिंह महर, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ लगायतका नेताले सम्बोधन गरेका छन्।सम्मेलनमा १२ वटै स्थानीय तहबाट कार्यकर्ता र समर्थनको सहभागिता रहेको छ। मंसिर १० गते हुने सम्मेलनको बन्दसत्रमा जिल्ला भित्रका १ हजार ७ सय ४६ जना क्षेत्रीय प्रतिनिधि सहभागी हुनेछन्।
प्रतिक्रिया