अर्थ-वाणिज्य

बाणगंगामा ९ सदस्यीय कार्यदल : खाद्य प्रणाली सम्बन्धि लुम्विनी प्रदेश कै पहिलो रणनीतिक योजना



सरिता थारु
कपिलवस्तु १० मंसिर। ।खाद्यमा नागरिकको पहुँच सुनिश्चित गर्न कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले लुम्विनी प्रदेश मै पहिलो योजनाका रुपमा खाद्यअधिकार तथा खाद्य प्रणाली रणनीतिक योजना तर्जुमा गर्नका लागि ९ सदस्यीय कार्यदल निमार्ण गरेको छ । बाणगंगा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष कमल पौडेलको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । समितीको सदस्यहरुमा वडा नं. ५ का वडा अध्यक्ष दुनिका भुषाल, कार्यपालिका सदस्य शान्ता पाण्डे, योजना शाखा प्रमुख शान्ताराज आचार्य, स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, पशुसेवा शाखा प्रमुख डा. यमलाल पोख्रेल रहनु भएकोछ । यसैगरी समिती सदस्यमा निजि संघ संस्था तथा सहकारीबाट द्रोणराज सुवेदी, मिडियाको तर्फबाट सरिता थारु रहनुभएको छ ।यस्तै कार्यदलको सदस्य सचिवमा कृषि शाखा प्रमुख लेस बहादुर के.सीको रहनुभएको छ ।
यसैगरी समितीको संरक्षक तथा सल्लाहकारमा नगर प्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रीता कुमारी चौधरी र प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी रहनुभएको छ । कार्यक्रममा “खाद्य अधिकार तथा खाद्य प्रणाली रणनीतिक योजना”को मस्यौदा परिमार्जन गर्न नगर प्रमुख चक्रपाणी अर्यालले कार्यदलका संयोजक कमल पौडेललाई हस्तान्त्रण समेत गर्नुभयो ।
यसैविच कार्यदलको पहिलो बैठक समते शुक्रबार बसेको छ । बैठकले खाद्य अधिकार तथा खाद्य प्रणाली रणनीतिक योजनाको पहिलो मस्यौदा पुस मसान्त सम्म तयार गरि कार्यपालिका बैठकबाट पारित गराई राष्ट्रिय योजना आयोगमा पठाउने निणर्य भएको सदस्य सचिव लेस बहादुर के.सीले बताउनुभयो । कार्यक्रमको समापन सत्रमा कृषि तथा भुमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशका सचिव यम नारायण देवकोटाले प्रदेश मै पहिलो पटक बाणगंगा नगरपालिकामा पायलटिङको रुपमा यो कार्यक्रम संचालन गर्न लागेको बताउनुभयो । उहाले गठन भएको कार्यदलले छिटो भन्दा छिटो मस्यौदा तयारी गरि कार्यक्रमलाई अगाडी बढाउन आग्रह गर्नुभयो।यस्तै कार्यक्रममा खाद्य तथा कृषि संगठनका कन्ट्री रेप्रिजेन्टिटिभ केन सिमिजुले जलवायु परिवर्तन तथा कोरोना महामारीले खाद्य प्रणालीम नकरात्मक असर परेको भन्दै खाद्य सुरक्षाका लागि सबै सरोकारवालाहरू एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
यता तालिमको समापन गर्दै बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले कार्यदलले निमार्ण गरेको योजना आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने बताउनुभयो । उहाले कार्यदलले निमार्ण गरेको रणनीतिक योजना नगरको विकासमा कोषेढुंगा सावित हुने बताउनुभयो ।समापन कार्यक्रममा कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशका उपसचिव एवं खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रबर्द्धन महाशाखा प्रमुख प्रमुख घनश्याम चौधरी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी , बाणगङ्गाका निर्वाचित सबै वडाका वडाध्यक्षहरू, शाखागत प्रमुखहरू, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री आधुनिकीकरण परियोजना, उद्योग वाणिज्य संघ, सहकारीका प्रतिनिधि, अगुवा कृषक, कृषक समूहका प्रतिनिधि र पत्रकारहरूको सहभागितो रहेको थियो।
३ दिन सम्म संचालन भएको तालिममा विश्व खाद्य सङ्गठनका पुष्प श्रेष्ठ, चन्द्र थापा, पन्ना महर्जन र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि कार्यक्रमका महेश खरेलले सहजिकरण गर्नुभएको थियो । तालिम बाणगङ्गा नगरपालिका, कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजना तथा विश्व खाद्य कार्यक्रम र संयुक्त राष्ट्र सङ्घको खाद्य र कृषि सङ्गठनको प्राविधिक सहयोग रहेको थियो ।

प्रकाशित : १० मंसिर २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६