देश

गोविन्द केसीले मागे स्वास्थ्यमन्त्री बस्नेतको राजीनामा



काठमाडौँ, १० मंसिर । अभियन्ता डा.गोविन्द केसीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको बर्खास्तीको माग गरेका छन् । आज एक विज्ञप्ति जारी गरी डा।केसीले मन्त्री बस्नेतको बर्खास्तीको माग गरेका हुन् ।

डा.केसीले बस्नेतले स्वास्थ्य मन्त्रालय सम्हाले देखिनै माफियाको पक्षमा लबिङ गरिरहेको आरोप लगाएका छन् । ‘माफियाहरूका नाइके स्वास्थ्य मन्त्री बस्नेत पदमा रही रहनु लोकतान्त्रिक मूल्य मान्यताको बर्खिलाप हो’ केसीले विज्ञप्तिमा भनेका छन् ।

‘स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतसँग स्वास्थ्य सम्बन्धी न ज्ञान छ न अनुभव । न उनी जान्ने प्रयास नै गर्छन् । ठुला मुखे गैर जिम्मेवार, भ्रष्ट र गँवार व्यक्तिलाई स्वास्थ्य मन्त्री बनाएर प्रचण्ड र देउवा, स्वास्थ्य मन्त्रालय जस्तो संवेदनशील संस्थाको थप भ्रष्टीकरण गरी जनताको स्वास्थ्यमा खेलबाड गर्दै छन्, यो राजनीतिक तथा सामाजिक अपराध हो’ डा.केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मन्त्री बस्नेतसँग स्वास्थ्यसँग सम्बन्धित ज्ञान र अनुभव नै नभएको बताउँदै उनले त्यो क्षेत्रका बारेमा जान्ने प्रयास समेत नगरेको बताएका छन् । स्वास्थ्य सेवाबाट वञ्चित नागरिकहरूले पेट काटेर तिरेको करबाट तलब–भत्ता खाने र सुविधा उपभोग गर्ने स्वास्थ्य मन्त्रीले उनीहरूको भोको पेटमा लात्ती हानी रहेको केसीको आरोप छ ।

विज्ञप्तिमा २०८० सम्ममा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठानको निर्माण गरी सञ्चालनमा ल्याइसक्नुपर्ने काम रोकिएको आरोप समेत लगाइएको छ । सरकारी प्रादेशिक अस्पतालहरूमा नर्सिङ लगायतका कार्यक्रमहरू सञ्चालन गर्न मापदण्ड पूरा भए पनि मन्त्री र माफियाहरूलाई फाइदा नभएकाले वास्ता नगरेको डा।केसीको आरोप छ ।

प्रकाशित : १० मंसिर २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६