कपिलवस्तु ११ मंसिर । १४ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८० को लागि स्टल बुकिङ्ग अन्तर्गत ३०० बढी को संख्यामा राख्ने तयरी भएको छ ।स्टलमा विशेष गरि स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको बताउँदै महोत्सवमा तीन सय बढी स्टल रहने जसमध्ये व्यवसायिक १ सय ८०, कृषिका स्टल २० बढी, घरेलुका स्टल ५० बढी र विभिन्न प्रदर्शनका स्टल ५० बढी स्टल रहने संयोजक मिनु थापाले जानकारी दिए ।कपिलवस्तु चारनम्बर स्थित बाणगंगामा वेयलफेयर सोसाइटीको आयोजनामा
यही मंसिर २१ गतेदेखि पुष १ गतेसम्म १४ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीमा स्टल बुकिङ्ग तीव्र पारिएको छ । स्थानीयलाई सहुलियतमा विशेष प्राथाकिता दिइने स्टल संयोजक थापाले बताए । थापाले करिब ६० प्रतिशत स्टल बुकिङ्ग भइसकेको जानकारी दिए ।
‘युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा प्रोत्साहन’ भन्ने नाराका साथ महोत्सव बाणगंगा ४ स्थित बुद्धरंगशालामा हुँदैं छ । स्टल निर्माणको काम अन्तिम चरणमा रहेको संयोजक थापाले बताए । औद्योगिक तथा व्यवसायिक वस्तु तथा सेवाहरुको विक्रि तथा प्रवद्र्धनको उद्देश्य राखि स्टल बुकिङ्गको काम भईरहेको उनले बताए ।
थापाले महोत्सब नाफा मात्रै कमाउने थलोको रुपमा नभएर स्थानिय उत्पादलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताए ।उनले संकटमा परेको यस क्षेत्रको अर्थतन्त्रलाई उकास्न महोत्सव महत्वपूर्ण सावित हुने दाबी गरे ।
प्रतिक्रिया