खोज–अनुसन्धान

कांग्रेस लुम्बिनीको प्रथम सम्मेलनमा ’गुट’ अन्त्यका लागि छलफल हुने




बुटवल ११ मंसिर । नेपाली काँग्रेस लुम्बिनी प्रदेशको बुटवलमा यही मंसिर १६ गतेदेखि प्रथम सम्मेलन हुने भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने २ दिने प्रदेश सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पार्टीका लुम्बिनी प्रदेश सभापति अम्मर सिं पुनले जानकारी दिए ।मंसिर १६ गते उद्घाटनसत्र तथा १७ गते बन्दसत्र आयोजना गर्ने कार्यतालिका रहेको सम्मेलनमा पार्टीभित्र ‘गुट’राजनीतिको धेरै प्रभाव रहेको हुँदा त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुका साथै काम गर्नेहरुलाई सम्मान गर्ने बारे छलल हुने बताए ।
काँग्रेसले लुम्बिनीमा सबैभन्दा पहिले सम्मेलनको आयोजना गरि पदेश सम्मेलनको सरुवात गर्न लागेको हो । अधिवेशनमा संघीयता कार्यान्वयनका लागि स्थानीय, प्रदेश तथा संघ सरकारलाई जिम्मेवार बनाउने गरी छलफल हुने सभापति पुनले जानकारी दिए । सम्मेलनमा करिब ६७५ जना प्रतिनिधि सहभागी हुने बताइएको छ । पार्टीको पुस १६ गते हुने केन्द्रीय महासमितिको नीति अधिवेशनमा सुझाब पेस गर्नेगरी छलफल हुने बताइएको छ । सम्मेलनमा समसामयिक विषय र विधान संशोधन बारे छलफल हुने काँग्रेसले जनाएको छ ।उप समितिले तयार पारेका प्रतिवेदनहरुलाई मंसिर १३ गते बस्ने लुम्बिनी प्रदेश कमिटीको बैठकले अन्तिम रुप दिने उनले बताए । सम्मेलनलाई सम्बोधन गर्न पार्टी सभापति शेरबहादेर देउवासहित वरिष्ठ नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित : ११ मंसिर २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६