कपिलवस्तु ११ मंसिर । प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले बाणगंगा २ नन्दनगरमा रहेको कैलास आश्रमलाई विदेशीहरुको समेत भ्रमण गन्तव्य स्थल बनाउनु पर्ने बताउनु भएको छ । कैलास आश्रममा देशका विभिन्न ठाउँ बाट मात्र नभएर विदेशी राष्ट्रहरु बाट समेत भक्तजन र पर्यटक आउने सक्ने बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।सोमबार देखि नन्दनगरको मनकामना संस्कृत विद्यापिठमा सुरु भएको २९ औँ श्री मत्स्यपुरायण पाठ पारायण तथा श्रीमद्भागवत धनधान्यञ्चल ज्ञान महायज्ञको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । बाणगंगामा पर्यटनको सम्भावना प्रसस्त भएपनि हामिले व्यवस्थापन गर्न नसकेको उहाँले स्विकार गर्नुभएको छ ।त्यस्तै प्रदेश संसद विष्णु पन्थीले पछिल्लो समय धेरै मानिसहरु स्वार्थि र घमण्डी हुदै गएको भन्दै त्यस्ता नकारात्मक स्वभाव हटाउन यस्ता महायज्ञले सहयोग गर्ने बताउनु भयो ।
गुरुकुल र महायज्ञ अभिन्न अङ्ग रहेको भन्दै मन, मस्तिष्कलाई सफा पार्दै सकारात्मक सोचको वृद्धि गर्नपनि महायज्ञ महत्वपुर्ण हुने उहाँले बताउनुभयो ।त्यस्तै वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले स्थापना कालदेखि नै यो संस्थाले उत्कृष्ट कार्य गर्दै आइरहेको भन्दै यत्तिमा नरोकिने जिकिर गर्नुभयो ।प्रदेशमै सबैभन्दा ठुलो गुरुकुल आफ्नो वडामा रहेको भन्दै यसलाइ देशकै सबैभन्दा ठुलो गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमारी चौधरी, संस्थाका पदाधिकारी, विद्यापिठ व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, वटुक, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायत कयौँ स्थानिय तथा भक्तजनहरुको उपस्थिती रहेको थियो ।महायज्ञको उद्घाटन सत्र संस्थाका अध्यक्ष रविराज ज्ञवालीको अध्यक्षता, संस्थाका वरिष्ठ उपाध्यक्ष बालकुमारी पन्तको स्वागत मन्तव्यमा चएको कार्यक्रमको सञ्चालन सचीव जगत राज रेग्मिले गर्नु भएको थियो ।
प्रतिक्रिया