खोज–अनुसन्धान

वर्तमानका शिर्ष नेताले ३ काम गरे गणतन्त्र चिरस्थायी हुन्छ : भण्डारी




गुल्मी १२ मङ्सिर । प्रतिनिधिसभा सदस्य एवम् नेपाली काँग्रेसका प्रभावशाली नेता डा चन्द्र भण्डारीले ठूला दलका ३ शिर्ष नेताले ३ वटा मात्र काम गरेमा गणतन्त्र चिरस्थायी हुने वताउनु भएको छ । कांग्रेस गुल्मीको तम्घासमा भएको दोस्रो जिल्ला सम्मेलनको बन्द सत्र सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।नेता भण्डारीले हरेक नेतृत्वले देशको आवश्यकता के हो बुझ्न जरुरी रहेको बताउनुभयो । शिर्ष नेताले देशमा रिफर्म (पुनरसंरचना) पफर्म (प्रभावकारी कार्य सम्पादन ) र ट्रान्सफर्म (नेतृत्वको हस्तान्तरण ) गरेका गणतन्त्र विरुद्ध कुनै प्रश्न उठन नसक्ने वताउनु भएको हो ।
उहाले यो काम अत्यन्तै आवश्यक रहेको भन्दै वर्तमान हरेक नेतृत्व युवाहरूको भावना अनुसार चल्नुपर्ने स्पष्ट पार्नु भयो । बदलिएको समयमा सबै फरक ढङ्गबाट हिँड्नुपर्ने कुरा सबैले बुझ्न जरुरी रहेको बताउनुभयो । प्रतिपक्षसँग नभएर युवासँग प्रतिस्पर्धा गर्नुपर्ने बेला आएको भन्दै उहाँले युवाहरूको भावनालाई सबैले बुझ्नुपर्ने बताउनुभयो । समय अनुसार चल्न आवश्यक रहेको उहाँको भनाइ छ ।सबै एकताबद्ध भएर मुलुकको समस्या समाधान हुने भन्दै उहाँले देशलाई कसैले पनि बिगार्ने अधिकार नभएको बताउनुभयो
देशको आवश्यकता के हो त्यसको बारेमा सोच्न जरुरी भएको उल्लेख गर्नुभयो । देशको बारेमा सपना देख्ने नेतृत्व आवश्यक छ । उहाँले विकल्प धेरै भएको भन्दै सबैले मेहनत गर्न जरुरी रहेको बताउनुभयो ।नेता भण्डारीले अन्य जिल्लाको तुलनामा गुल्मीमा धेरै विकास भएको भन्दै अझै विकासमा गुल्मीलाई नमुना जिल्ला बनाउने तर्फ लागिएको बताउनुभयो ।काँग्रेसका नेताहरूले बिपीको बाटो नबिराउन आग्रह गर्नुभयो ।जिल्ला सभापति खिलध्वज पन्थीले सम्मेलनले सबैमा आशा पलाएको बताउनुभयो । विगतका सबै कुरालाई भुलेर एकताबद्ध साङ्गठनिक कार्यमा लाग्न आग्रह गर्नुभयो ।

प्रकाशित : १२ मंसिर २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६