खोज–अनुसन्धान

पालिका भित्रका कुकुरहरुको स्थायी बन्ध्याकरण शुरु




दाङ १२ मंसिर । दाङको राप्ती गाउँपालिकाले पालिका क्षेत्र भित्र रहेका कुकुरहरुको स्थायी बन्ध्याकरण गर्न शुरु गरेको छ।पालिकाले पालिका क्षेत्रमा सामुदायिक (छाडा) कुकुरको संख्या बढि भइ किसानहरुको पशुचौपायलाई समेत क्षति पु¥याउन थालेपछि शिविर नै सञ्चालन गरेर बन्ध्याकरण गर्न लागेको हो। गाउँपालिकाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङ सँगको सहकार्य एवम् हिमालयन एनिमल रेस्क्यू कोष (पोखरा)को प्राविधिक सहयोगमा वडा नं.४ को गोपीनाला स्थित पशु उपचार केन्द्रमा बन्ध्याकरण शिविर सञ्चालन गरेको छ। यसैबीच बन्ध्याकरण शिविरको सोमबार उद्घाटन गरिएको छ। राप्ती गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष वीर बहादुर चौधरीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता एवम् लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव याम नारायण देवकोटाको विशिष्ट आतिथ्यतामा शिविर उद्घाटन गरिएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पशुपंक्षीहरु मध्ये कुकुर मानिसको सबै भन्दा नजिकको साथी भएको र घर लगायत अन्य काममा समेत सुरक्षा प्रदान गर्ने भएकाले पालिकाले उन्मुलन नभई व्यवस्थित गर्न लागेको बताए । त्यस्तै उनले सामुदायिक (छाडा)कुकुरहरुलाई समयमै व्यवस्थित नगर्ने हो भने किसानहरुको पशुचौपायलाई क्षति पु¥याउनुको साथै संघातीक रोग रेविज फैलन सक्ने तर्फ समेत सचेत गराए । “गत वर्ष नै यस खालको कार्यक्रम गर्ने योजना बनाएका थियौं तर बजेट अभावले गर्न सकिएन ।” – अध्यक्ष विष्टले भने,”यस वर्ष निति तथा कार्यक्रममा नै राखेर यो कार्यक्रम गरेका छौं।” लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव याम नारायण देवकोटाले व्यक्तिले घरमा पालेको कुकुरहरुलाई बेलाबेलामा रेविज विरुद्धको भ्याक्सिन लगाउने गरे तापनि सामुदायिक (छाडा) कुकुरहरू उपचार गर्ने भ्याक्सिनेसन गर्ने काम राज्यको भएको बताए। पशु चिकित्सक प्रतिमा विष्टले सामुदायिक कुकुरको संख्यामा कमी ल्याउन र रेबिजको प्रकोप न्यूनीकरण गर्नका लागि बन्ध्याकरण तथा रेविज खोप शिविरले ठुलो सहयोग पुग्ने बताए ।
कार्यक्रममा राप्ती गाउँपालिका वडा नं.२ का वडाध्यक्ष तथा पालिकाका प्रवक्ता पहलवान चौधरी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर ओली, वडा सदस्यहरू रोशन चौधरी, चम्फा पुन, हिमालयन एनिमल रेस्क्यू कोष (पोखरा)का प्रमुख खगेश्वर शर्मा, पशु उपचार केन्द्र गोपीनालाका प्रमुख कमल पुन मगर लगायत स्थानीयहरुको सहभागीता रहेको थियो । पालिकाका पशु शाखा प्रमुख जिवराज पौडेलले स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण पशु शाखाका अधिकृत दामोदर आचार्यले गरेका थिए । शिविरमा टोल–टोलमा पुगेर कुकुरलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याई बन्ध्याकरण र उपचार गर्ने गरिएको छ। बन्ध्याकरण गरिएका कुकुरहरुलाई बन्ध्याकरण गरी नियन्त्रणमा लिएकै स्थानमा लगेर छोड्ने गरिएको छ । शिविर आगामी मंसिर १६ गते सम्म सञ्चालन

प्रकाशित : १३ मंसिर २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६