अर्थ-वाणिज्य

हिमालका कोखमा मधेसको श्रम : भुकम्पपछिको पुनरनिर्माणमा एकतिहाई महिलाको स्वयमसेवा



भेषराज पाण्डे 

कपिलवस्तु १२ मंसिर ।कार्तिक १७ को भुकम्पपछि उद्धार र पुनर्निर्माण कार्यमा रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको वडा नं ११ चिसापानीमा पुगेको एमाले कपिलवस्तुको २१ सदस्यीय टोली अरु भन्दा ६ प्रकारले फरक देखिएको छ । मंसिर ६ गते विहानवाट काम शुरु गरेको टोलीले ७ दिन काम गरेको छ । ७ दिनमा ११ वटा नयाँ टहरा निर्माण गरेकोछ । ९ वटा घरका भग्नावशेष थन्काएकोछ । विहान ८ देखि साझ ६ बजे सम्म निरन्तर खटेर काम गरिएको टोली नेता डम्मर शर्माले वताउनु भयो ।
भूकम्प पिडितलाई मलमपट्टी लगाउन नेकपा (एमाले ) कपिलवस्तु जिल्ला अध्यक्ष डम्मर शर्माको नेतृत्वमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नं। ११ को चिसापानीमा टोली भुकम्प पिडितको पुनस्थापनाम १० दिन श्रम गर्न जुटेको हो । कपिलवस्तुको स्वयंसेवक टोलीमा खटिएका २१ जनाले ३ वटा समुह बनाएर काम गरि रहेको टोलीका उपनेता शुसिला दर्लामीले वताउनु भयो । भूकम्प पीडितको राहत र पुनस्थापनाकालागि रुकुम पशिचम र जाजरकोट पुगेका टोलीहरु मध्ये एमाले कपिलवस्तु सबै भन्दा फरक हुनुका ६ वटा कारण देखा परेका छन् । ती फरक यस्ता छन् :
एक तिहाई महिला :
पहिलो फरक हो २१ सदस्यीय टोलीमा ६ जना महिला हुनु । एमाले कपिलवस्तुको उपसचिव समेत रहनु भएकी सुशीला दर्लामी नेतृत्वको महिला स्वयम सेवक टोलीमा गंंगा घर्ती मगर ,तारा थापा, भुमा बस्याल लक्ष्मी न्यौपाने र लक्ष्मी काकी रहेका छन् । महिला टोली नेता दर्लामीले महिलाले भूकम्प पछिको पुनरनिर्माणको काममा पनि एक तिहाईको हिस्सा लिनु आफैम सुखद क्षण हो भन्नु भयो । संख्यात्मक रुपमा हेर्दा यो ३३ प्रतिशतकै सेरोफेरोको संख्या हो । अहिले सम्म खटिएका टोलीमा यतिधेरै महिला समाबेश भएको समाचार आएकोछैन ।
चिकित्सक सहितको टोली :
दोश्रो फरक हो एमाले कपिलवस्तुले आफ्नो टोलीमा पेशागत चिकित्स र प्राथमिक उपचारको लागि औषधी समेत लिएर गएकोछ । टोलीमा डा. धर्म भटराई जानु भएकोछ । उहाले ६ गते देखि ११ गते सम्म १९१ जनाको उपचार गरेको वताउनु भयो । भुकम्प पीडितको भत्किएका घर वनाएर राहत र पुनरस्थापनाका लागि पुगेको टोलीसंगै अरुले चिकितसक लिएर गएको समाचार सार्वजनिक भएको छैन । भटराई औषधी ब्यवासायी समिती कपिलवस्तु र पिपरा अस्पतालवाट औषधी लिएर त्यहा पुग्नु भएको हो । मैले धेरैको घाउमा मलम पटटी लगाएको छु । यसै बीच भएको सडक दुर्घटनाका घाइतेको समेत उपचार गरेको छु भटराइले भन्नु भयो ।
हिमालका कोखमा मधेसको श्रम
भुकम्प पीडितको राहत र पुनस्थापनाकालागि १० दिन सम्म त्यहि रहेर काम गर्ने गरी गएको एमाले कपिलवस्तुको २१ सदस्यीय टोलीमा कपिलवस्तुको महाराजगंगका दिपक द्विबेदी र विजयनगरका विजय यादव समेत सामेल छन् । उनीहरु यूवासंघ कपिलवस्तुका कार्यकर्ता हुन् । मधेसको प्रतिनिधीत्व गर्दै उनीहरु त्यहा गएर पीडितको घाउमा मलम लगाउदै स्वयम सेवामा कृयासिल रहेका छन् । ७ दिन काम गरि सकेका विजय यादवले जीवनकै एक नयाँ अनुभव हासिल भएको वताएका छन् ।यूवासंघ कपिलवस्तुका अध्यक्ष कमल क्षेत्रीको संयोजनमा कपिलवस्तुवाट यूवासंघका ४ जना कायैकर्ता श्रमदानमा सहभागि रहेका छन् । त्यस मध्ये २ जना मधेसी यूवा हिमालको काखमा रहेकोरुकुमपश्चिममा श्रमदानमा सहभागि छन् ।


सबै क्षेत्रको सहभागिता :
टोलीको अर्काे पृथकता हो यो आफैमा समाबेशीताको उदाहरण बन्न पुगेको छ । यसमा २ जना मधेसी एक जना दलित ६ जना महिला सहित कपिलवस्तुका १० पालिका मध्ये ६ पालिकाका स्वयम सेवकहरु समाबेश भएका छन् ।भूगोलका आधारमा हेर्दा बाणगंगा नगरपालिका ,बुद्धभूमी नगरपालिका ,शिवराज नगरपालिका , कपिलवस्तु नगर पालिका , महाराजगंज नगर पालिका र विजयनगर गाउ पालिकावाट स्वयम सेवक सहभागि भएका छन् । १० पालिका मध्ये ६ पालिकावाट स्वयम सेवक खटिएकाछन्।
भुकम्पको पुनरनिर्माणका अनुभवी :
टोलीमा खटिएका २१ जना मध्ये ४ जना २०७२ सालको मुकम्प पछि गोरखामा गएर १५ दिन राहत र पुनस्थापनाका साथ पुनरनिर्माणका काम गरेको अनुभवी नेतृत्व समेत यसमा सामेल छ । यसपालीकोटोलीमा सामेल भएका अध्यक्ष डम्म शर्मा ,उपाध्यक्ष शुसिला दर्लामी ,जिल्ला सचिवालय सदस्य विष्णु गौतम र पूर्ब प्रदेशकमिटी सदस्य हिरालाल पौडेल पुनरस्थापना र पुनरनिर्माण क्षेत्रमा काम गरेका अनुभवी स्वयम सेवक समेत रहेका छन् ।

प्रकाशित : १३ मंसिर २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६