देश

रुकुम पश्चिममा चिसोले दुई भूकम्पप्रभावितको मृत्यु



सुर्खेत, १३ मंसिर । चिसोका कारण रुकुम पश्चिमका भूकम्पप्रभावित दुईजनाको मृत्यु भएको छ। जिल्लाको आठबिसकोट नगरपालिका १४ पिपलचौरका ६२ वर्षीय खगीजैसी र ६४ वर्षीय टिके जैसीको चिसोका कारण मृत्यु भएको हो।

स्थानीय मनसुरी खड्काका अनुसार भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनि बसिरहेका सामान्य अवस्थाकी खगीको मंगलबार अपराह्न ५ बजेतिर ज्यान गएको र अर्का दमका रोगी टिकेको आइतबार राति साढे ९ बजेतिर मृत्यु भएको हो।

गत कात्तिक १७ गते बारेकोट गाउँपालिका ०१ रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको ६।४ रेक्टरस्कलको भूकम्पले घर भत्किएकाले उक्त वडाका अधिकांश त्रिपालमुनि बसिरहेका छन्।

चिसोका कारण आठबिसकोटका अधिकांश बिरामी परेका छन्। तुसारो र हिमपात हुने समय आएकोले तत्काल अस्थायी आवास निर्माणका लागि पहल गर्न स्थानीयवासीले सरकारलाई आग्रह गरेका छन्। चिसोबाट बचाउनथप राहत पठाउनपनि उनीहरूको माग छ।

प्रकाशित : १३ मंसिर २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६