प्रदेश

१४ औं कपिलवस्तु महोत्सवको तयारी ५० प्रतिशत काम सम्पन्न



जितपुर, १३ मंसिर। १४ औं कपिलवस्तु महोत्सवको तयारी करिब ५० प्रतिशत पुरा भएको छ । यही मंसिर २१ देखि पुष १ गतेसम्म युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा प्रोत्साहन’ भन्ने मूल नाराका साथ १४ औं कपिलवस्तु महोत्सव बाणगंगा नगरपालिका ४ बुद्धरंगशालामा हुदैं छ । महोत्सवको तयारी करिब ५० प्रतिशत भएको बाणगंगा वेलफेयर सोसाईटीका अध्यक्ष समेत रहेका महोत्सवका संयोजक राजकुमार खाँणले बताए ।

खाँणले विगतका बर्षहरुको तुलनामा भन्दा १४ औं कपिलस्तु महोत्सव पृथक हुने र बाँकी काम तीव्र्र गतिमा अघि बढेको बताए । उनले यस क्षेत्रको ‘अर्थतन्त्रलाई चलायमान गराउँन महोत्सवले टेवा पुग्ने र उद्योगी, व्यवसायको प्रवद्र्धन गर्दै उद्योगी व्यवसायीलाई केही राहत दिने बताए ।

महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा दिनेशले विशेष गरी कपिलवस्तु जिल्लाका ऐतिहासिक सम्पदाको प्रचारप्रसारसँगै हस्तकलाको प्रदर्शन र कृषि प्रदर्शनीलगायत महोत्सवमा हुने बताए । विगतका महोत्सवमा रहदै आएका विभिन्न खानाका परिकार, बालउद्यान जस्ता गतिविधिलाई निरन्तरता दिइने उनले बताए ।

महोत्सव स्थलमा कम्पाउण्ड घेर्ने र स्टल निर्माण गर्ने काम, सरसफाइ गर्ने काम अन्तिम चरणमा रहेको रोकाहाले बताए । रोकाहाले क्रमश मञ्च, सचिवालय, प्रमुख प्रवेश गेट मुक्तिनाथ मन्दिरको गेट निर्माणको कामलाई तिव्रता दिइने बताए ।

महोत्सवमा करिब ७० प्रतिशत स्टल बुकिङ्ग भएको र बाँकी स्टल बुकिङ्गका लागि सम्पर्कमा आउने क्रम बढेको स्टल संयोजक मिन थापाले बताए । स्टलमा विशेष गरि स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको बताउँदै महोत्सवमा तीन सय बढी स्टल रहने जसमध्ये व्यवसायिक १ सय ८०, कृषिका स्टल २० बढी, घरेलुका स्टल ५० बढी र विभिन्न प्रदर्शनका स्टल ५० बढी स्टल रहने जानकारी दिए ।

१४ औं कफिलवस्तु महोत्सवका आकर्षकहरु

१२ औैं कपिलवस्तु डान्स आइडल, चर्चित अन्तर्राष्ट्रिय खेलाडीको रेसलिङ प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, मुक्तिनाथ मन्दिरको गेट र भिडियो जोन, वक्तृत्वकला प्रतियोगिता, आइटी तथा अटो क्षेत्रको प्रदर्शनी, विभिन्न झाँकी प्रदर्शनी तथा अन्य आकर्षकहरु महोत्सवका प्रमुख आकर्षकहरु हुन ।

यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सवले र कला संस्कृति प्रवद्र्धनमा कपिलवस्तु डान्स आइडलले विशेष योगदान गर्दै आएको छ । बाणगंगा वेयलफेर सोसाइटी बाणगंगाको चर्चित र पुरानो सामाजिक कार्यमा क्रियाशील क्लबको रुपमा चिनिन्छ ।

प्रकाशित : १३ मंसिर २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६