खोज–अनुसन्धान

डा. स्वर्णिम वाग्ले रास्वपाको उपसभापति, अरु पदको जिम्मेवारी कसले पाए ?




काठमाडौं १४मंसिर । रास्वपाले डा स्वर्णिम वाग्लेलाई पार्टीको उपसभापतिमा मनोनीत गरेको छ । आज सम्पन्न भएको पार्टी केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
जलेश्वरमा तीन दिनसम्म बसेको बैठकले पार्टीको केन्द्रीय समिति ६० सदस्यीय पुर्याएको छ । बैठकले सांसद समेत रहेकी नेतृ सुमोन श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री चयन गरेको छ । यस्तै कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषाध्यक्षमा दिपक बोहरा चुनिएका छन् । सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईंलाई जिम्मेवारी दिइएको छ ।
पार्टीमा सबै सांसदहरुलाई केन्द्रीय सदस्य बनाइएको छ । यस्तै पाँच केन्द्रीय सदस्य थप भएका छन् । थपिएकाहरुमा अनिल केशरी शाह, राजन गौतम, नन्दन यादव, पुकार बम र कामिनी चौधरी रहेका छन् ।
यसअघि रास्वपा पदाधिकारी टीम सानो थियो । सभापतिसहित ५ जना मात्र पदाधिकारी थिए ।
उपसभापति डीपी अर्याल, महामन्त्रीरप्रवक्ता डा। मुकुल ढकाल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र सहकोषाध्यक्ष बसुमाया तामाङ पहिल्यैबाट थिए ।अहिले अरु पार्टीको जस्तै रास्वपाले पनि पदाधिकारी टीम मद्दा बनाएको छ ।

प्रकाशित : १४ मंसिर २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६