कपिलवस्तु १४ मंसिर । नेपाली कांग्रेसका केन्द्रिय सह महामन्त्री किशोर सिंह राठौरले नेपाली कांग्रेसले बिगतममा भएका तीतामीठा जे भए सबै भुलेर पार्टीको आन्तरिक एकता कायम गरेर अगाडि बढ्न पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् । उनले आन्तरीक खिचातानी समाधान नगरे मिसन ८४ कांग्रेसका लागि असफलता भोग्ने क्षण बन्ने वताए ।राठौरले कांग्रेस राणासँग लडेको, पंचायत सँग लडेको, राजा सँग पनि लड्यौ कम्युनिस्टहरु सँग पनि लड्दै उनलाई लोकतान्त्रिक धारमा ल्याएकाले नेपाली कांग्रेसले ठूला चुनौती पार गरेको बताए । राठौरले कांग्रेसमा आन्तरिक समस्यामा भए पनि छिट्टै समाधान हुने दाबी गरे ।
बुधबार नेपाली कांग्रेस क्षेत्र नं. १ क्षेत्रीयका कार्यसमितिले पकडीमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै कन्द्रीय सहमहामन्त्री राठौरले यस्तो धारणा राखेका हुन ।
पूर्व सांसद तथा कांग्रेस नेता अभिषेक प्रताप शाहले कांग्रेसले गुट उपगुट अन्य गरेर युवा पुस्तालाई सकारात्मक सन्देश दिनु पर्नेमा जोड दिए । कार्यक्रममा कांग्रेसका पूर्व केन्द्रीय सदस्य अतहर कमाल मुसलमान, सहसराम यादब, जिल्ला सह सचिव ओजी अरसद लगायतले आ–आफ्ना धारणा राखेका थिए ।क्षेत्रीय सभापति अब्दुल मन्नान खाँको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत क्षेत्र नंं १ प्रदेश (क)का सभापति दुर्गा केसीले गरेका थिए भने कार्यक्रमको संचालन क्षेत्रीय सचिव कृष्ण चौधरीको रहेको थियो ।कार्यक्रममा क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि, प्रदेश सभा क्षेत्रीय कार्यसमिति पालिका कार्यसमिति लगायत स्थानीय नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थिय।
प्रतिक्रिया