देश

बाणगङ्गा यातायात व्यवसायी समितीको अध्यक्षमा भुसाल सर्वसम्मत



कपिलवस्तु १५ मंसिर
बाणगंगा यातायात व्यवसायी समितिको अध्यक्षमा लक्ष्मण भुसाल सर्वसम्मत चयन हुनुभएको छ । आज बाणगंगाको बैरियामा भएको समितिको १७ औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशन बाट भुसालको नेतृत्वमा १६ सदस्यीय समिति चयन भएको हो ।जसको वरिष्ठ उपाध्यक्षमा यदा क्षेत्री (राजकुमार), उपाध्यक्षहरुमा चित्र बहादुर थापा, कृष्ण बहादुर कार्की, प्रदिप वि.सी, महासचिवमा कमल बहादुर क्षेत्री, सचिवमा केशवराज भट्टराई (मदन), कोषाध्यक्षमा तोरन बहादुर थापा निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा राजु बस्नेत, कृष्ण प्रसाद चालिसे, वेदराज अधिकारी, दिपक कुमार थापा, मधु खनाल, नेत्र प्रसाद पौडेल, कमल खनाल र दिपकचन्द्र बेल्वासे चयन हुनुभएको छ ।


कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष हिरालाल श्रेष्ठले देशका उद्योग, व्यवसाय धमाधम बन्द भैरहेको अवस्थामा यातायात व्यवसायलाई निरन्तरता दिनको लागि सम्पुर्ण व्यवसायीहरु मिल्नुको विकल्प नरहेको बताउनु भएको छ ।

अध्यक्ष श्रेष्ठले आफुहरुले सरकार सङ्ग पटकपटक समस्या समाधानको लागि आग्रह गरेपनि सुनुवाई नभएको भन्दै सडकमा उत्रिनको लागि तयार भएर बस्न पनि सम्पुर्ण व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । वर्षाैदेखि भारतीइ गाडिको ज्यादती सहेर बसेको भन्दै अब सहन नसक्ने चेतावनी समेत उहाँले दिनुभयो । केही व्यवसायीहरु बाट कमिकमजोरी भएको स्विकार गर्दै त्यस्ता कार्यहरुलाई आफुहरुले पनि निरुत्साहित गर्ने बताउनुभएको छ । व्यवसायीहरुले आफ्नो गाडि चलाउदा नियम कानुनमा रहेर गाडि सञ्चालन गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

त्यस्तै बाणगङ्गा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले केन्द्रिय सरकार बाटै निति नियम बनाएर भारतीय गाडिलाइ नियन्त्रण गर्नुपर्ने बताउनु भएको छ । पछिल्लो समय हरेक व्यवसायीहरु मर्कामा परिरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न केन्द्रिय सरकार मुख्य रुपमा जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । यातायात व्यवसायीहरुका समस्या आफुले पनि स्पष्ट रुपमा देखेको भन्दै ति समस्यालाई समाधान गर्न स्थानिय सरकार बाट हुने र गर्न सक्ने सहयोगको लागि नगर सधै तयार रहेको समेत उहाँले बताउनु भएको छ ।

तयस्तै नेपाल ट्रक यातायात व्यवसायी महासंघका बरिस्ठ उपाध्यक्ष लोकराज पोख्रेलले यातायात व्यवसायीका समस्यालाई बारम्बार सरकार सङ्ग राख्दा सरकारले नसुनेको गुनासो गर्नुभयो । नेपालमा नेपाली गाडीलाइ भन्दा भारतीय गाडीलाइ सेवा सुविधा बढि दिएको भन्दै अब सडकमा नउत्रिए सम्म भारतीय गाडिको ज्यादती अन्त्य नहुने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय सदस्यहरु, प्रदेश, जिल्ला तथा नगरका पदाधिकारीहरुले नेपालका यातायात व्यवसायीले भारतीय गाडिका कारण भोगिरहेको समस्याहरुलाइ तत्काल समाधान गर्न सरकार सङ्ग माग गरेका थिए ।

प्रकाशित : १५ मंसिर २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६