देश

सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुको सामाजिक परिक्षण कार्यक्रम



कपिलवस्तु ।सिद्धार्थ सामाजिक विकास केन्द्र बाणगंगा ४ कपिलवस्तुको बार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । वातावरण, शान्ति र सामाजिक विकासका लागि रोग, भोक, अशिक्षाका विरुद्ध अघि बढौं भन्ने मुल नाराका साथ क्रियाशिल उक्त संस्थाको वार्षिक सामाजिक परिक्षण कार्यक्रम बाणगंगा नगरपालिका १ ठाकुरापुर स्थित पिस हिमालयन रिसोर्टमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रतिनिधी सभा सांसद बलराम अधिकारीले सिद्धार्थ सामाजिक विकास केन्द्रले सामाजिक क्षेत्रमा रहेका कामहरुको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ । उहाँले सामाजिक रुपान्तरण आवश्यक रहेको बताउनुभयो ।

समाजका हरेक वर्गको जीवनस्तर माथि उकास्न सिद्धार्थले खेलेको भूमिका उदाहरणीय रहेको उहाँले बताउनुभयो । सांंसद अधिकारीले किशोरकिशोरी तथा महिलाको सशक्तिकरणको क्षेत्रमा विभिन्न परियोजना संचालन गरि त्यसले सकारात्मक परिणाम दिएको बताउनुभयो ।

बाणगंगा नगरपालिकाका उप–प्रमुख रिता कुमारी चौधरीले बाणगंगा नगरपालिका बर्षोदेखि हातेमालो गर्दै अघि बढेको स्मरण गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो । शिक्षा, स्वास्थ्यबाट बञ्चित समुदाय, वर्गलाई त्यसको पहँचमा ल्याउन आवश्यक रहेको बताउँदै उनले परिवर्तनशील समाजलाई सही दिशातर्फ उन्मुख गराउन सिद्धार्थ सामाजिक विकास केन्द्रले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष सुर्य कुमारी शाहीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका सचिव दुर्गा अर्यालले संस्थागत उद्देश्य, मुल्य मान्यता, कार्यगत अवधारणा, कार्य संचालन प्रक्रिया, कार्य क्षेत्र लगायतका बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा गैर सरकारी संस्था कपिलवस्तुका निवर्तमान अध्यक्ष प्रविणकुमार श्रवास्तवले संस्थाले आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्र, सीप विकास लगायत विभिन्न क्षेत्रमा गरेका कार्यहरुको जानकारी सहित प्रस्तुतिकरण राख्नुभएको थियो ।

प्रकाशित : १५ मंसिर २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६