खोज–अनुसन्धान

वामीटक्सारमा कपिलवस्तुबाट ३ सय अगुवा कार्यकर्ता सहभागीता




कपिलवस्तु १५ मंसिर ।नेकपा एमाले कपिलवस्तुले मध्येपहाडी लोकमार्गमा हुने महाकाली मेची अभियान अन्तरगत गुल्मीको वामी टक्सारमा सहभागीता जनाउने भएको छ ।तौलिहवामा भएको जिल्ला सचिवालय वैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य गिरधारीलाल न्यौपानेले पार्टीको अभियान पहाडी क्षेत्रमा पार्टीलाई सुदृढ पार्ने कार्यक्रम रहेको बताउनु भयो । उहाँले बैतडीबाट शुरु भएको अभियान ताप्लेजुङ पुग्दा सम्म अन्य पाटीबाट ठुलो संख्यामा नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने वताउनु भयो ।
पार्टीका कार्यवाहक जिल्ला अध्यक्ष विश्राम प्रसाद थारुको अध्यक्षतामा बसेको वैठकले मंसिर २० गते गुल्मीको वामीटक्सारमा हुने जनसभामा कपिलवस्तुबाट सहभागी हुन ६ वटा टोली गठन गरेको छ । जसमा बाणगंगाको नेतृत्व प्रदेश कमिटि सदस्य चक्रपाणी अर्यालले गर्नु हुने छ भने वुद्धभुमी र शिवराजमा प्रदेशकमिटिकै सदस्य शारदा शर्मा र नेत्र अधिकारीले गर्नु हुने छ। त्यस्तै गरि यशोधरा र महाराजगञ्ज , कपिलवस्तु नगरपालिकाको नेतृत्व प्रदेश सदस्य दृगनारायण पाण्डेले गर्नु हुने छ ।
मायादेवी र शुद्धोधन गाउँपालिकाको नेतृत्व जंगिर प्रसाद चौधरीले गर्नु हुने छ । कपिलवस्तुबाट पालिका कमिटिका पदाधिकारी देखि जिल्ला कमिटि प्रदेश कमिटि हुदै केन्द्रीय कमिटि सम्मका करिब ३०० अगुवा कार्यकर्ता वामी टक्सारमा हुने जनसभामा सहभागी हुने सचिव सिवी गहतराजले बताउनु भयो । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नु हुने छ । कपिलवस्तुबाट २० गते विहान ६ वजे नेता कार्यकर्ताहरु गुल्मी प्रस्थान गर्ने कार्यक्रम तय भएको एमाले सचिवालय सदस्य भेषराज पाण्डेले जानकारी दिनु भयो ।

प्रकाशित : १५ मंसिर २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६