पार्वती पाण्डे
कपिलवस्तु १५ मंसिर।समाज रुपान्तरणमा सामाजिक संस्थाले खेलेको भुमिका महत्वपूर्ण रहेको सांसद वलराम अधिकारीले बताउनु भएको छ । सिद्धार्थ सामाजिक बिकास संस्थाले शुक्रवार गरेको बार्षिक सामाजिक परिक्षण कार्यक्रमलाई सम्बोधन गदै उहाँले यस्तो बताउनु भएको हो । शिक्षा, स्वास्थ्य,रोजगार, कृषि लगायत समाजका हरेक क्षेत्रको उजागर गदै समय र देशको माग अनुसार संस्थाले काम गरेको भन्दै सांसद अधिकारीले प्रशंसा गर्नु भयो ।यस्तै वाणगंगा नगरपालिकाकी उपप्रमुख रीता कुमारी थारुले समाज सँगै मानबिय जिवनमा परिवर्तन ल्याउन संस्थाले पुलको काम गरेको बताउनु भयो । सिद्धार्थ सामाजिक विकास केन्द्रबाट सुरु गरेको यात्राले आफुलाई यहाँ सम्म ल्याउन सहयोग गरेको बताउदै संस्थाले समाज परिवर्तनमा अग्रणी भुमिका खेलेको बताउनु भयो ।
संस्थाले सामाजिक सुशासन र समाजिक विकासको आयाममा संस्थाले गरेको प्रयास प्रशंसनिय रहेको बताउँदै आगामी दिनमा पनि संस्थाले यस्ता खालका कार्यक्रमलाई प्राथमिकता साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।यसैबिच सोही कार्यक्रममा बोल्दै वाणगंगा नगरपालिका वडा नं ११ का अध्यक्ष नरेन्द्र चौधरीले संस्थालेले पछाडी परेका व्यक्तिहरुलाई अगाडी ल्याउन मदत पुराएको बताउनु भयो ।गैरसरकारी संस्था महासंघका अध्यक्ष जय प्रकास पाण्डेले संस्थाले विशेष गरि महिला,बालबालिका तथा किशोर किशोरीहरुको नेतृत्व संगै व्यक्तित्व विकासमा जोड दिएको बताउनु भयो ।संस्थाका सचिव दुर्गा अर्यालले संस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रम मार्फत संस्थाको मातहतमा सन्चालित ५ वटा कार्यक्रमको बारेमा कार्यप्रगति प्रस्तुत गरिएको थियो ।
बाणगंगाको ठाकुरापुरमा अवस्थित पिस हिमालयन रिसोर्टको सभाहलमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष सुर्य कुमारी शाहिको अध्यक्षता,संस्थाका उपाध्यक्ष हरिलाल शर्माको स्वागत रहेको कार्यक्रमको सञ्चालन संस्थाका सह सचिव धु्रव बेल्बासेले गर्नु भएको थियो । २०५२ सालमा स्थापना भएको संस्थाले आर्थिक सामाजिक सांस्कृतिक रुपमा पछाडी परेका वा पारिएका समुदाय गरिव,विपन्न, महिला,युवा , बालबालिका तथा सिमान्तकृत वर्गको अधिकार र सशतिmकरण रुपान्तरणमा जोड दिएको छ । संस्थाले १ सय २४ जनालाई प्रत्येक्ष रोजगारी दिदै सामाजिक रुपान्तरण गर्न ८० हजार घर धुरीमा संस्था पुगेको कार्यक्रममा जानकारी गराइएको थियो ।
सामाजिक परिक्षणको प्रतिवेदन गैरसरकारी संस्था महासंघका पुर्व अध्यक्ष प्रविण कुमार श्रीवास्तवले गर्नु भएको थियो । सामाजिक लेखाजोखा गर्ने औजार सामाजिक परिक्षण भएको उहाँले औल्याउनु भयो । कार्यक्रममा संस्थाका पुर्व अध्यक्षहरु सागर श्रेष्ठ , गुणानिधि भुषाल , तेज प्रसाद आचार्य , एकल महिला समुहका जिल्ला अध्यक्ष रुपा राई लगायतले बोल्नु भएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि , वाल सञ्जाल , किशोरी , सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया