सरिता थारु
कपिलवस्तु, १५मंसिर ।प्रदेश योजना आयोगका सदस्य सरोज खनालले कृषिको माध्यमबाट रोजगारी सृजना गर्न सके लाखौं युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न सकिने बताउनुभयो । कृषकको उत्पादनलाई संरक्षण गदै बजारीकरणको सुनिश्चितता गर्न आवश्यक रहेको उहाले औल्याउनुभयो । बाणगंगा ५ कोपवामा रहेको विहानी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्थाको ९ औ बार्षिक साधाण सभामा बोल्दै उहाले यस्तो बताउनुभएको हो । यस्तै सरकारको लगानी अब कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने औल्याउदै स्थानीय तहले समेत कृषकको उत्पादनलाई सर्मथन मुल्य तोकेर बजारीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।यस्तै नगर उपप्रमुख रिता कुमारी चौधरीले बाणगंगा नगरपालिकाले एक वडा एक बाली उत्पादनको अवधारणा अनुसार नै काम गरिरहेको जिकिर गर्नुभयो । यस्तै संस्थालाई निरन्तर रुपमा प्राविधिक सहयोग गर्दै आएको पशु सेवा शाखा प्रमुख राज कुमार तिवारीले बताउनुभयो । यता वडा नंं. ५ का वडा अध्यक्ष दुनिका भुषालले संस्थालाई निरन्तर रुपमा सहयोग गर्दै जाने प्रतिबद्धता समते जनाउनुभयो । यसैविच सहकारीले ८ जना ७० बर्ष नाघेका जेष्ट नागरिक शेयर सदस्य र नियमित तथा सबै भन्दा धेरै बाल बचत कर्ता जेस्लन काउचालाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । यस्तै लगनशिल, मेहनती, जेहेन्दार तथा निम्न आए भएका शुशिल थारु, सुदिप परियार र सागर वि.कलाई नगद रासी सहित छात्राबृत्ति प्रदान गरिएको छ । अध्यक्ष तुल्सा थापाको अध्यक्षता, उपाध्यक्ष शिवकला बेल्बासेको स्वागत मन्तव्य र सचिव नर्मदा बोहरा चुंदालीको संचालनमा सम्पन्न भएको ।
१६ मंसिर २०८०, शनिबार
प्रतिक्रिया