माधव बेल्वासे
कपिलवस्तु १५ मंसिर।नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम सी विप्लवले नेपालको भविष्य समाजवाद वाट मात्र सम्भव भएको बताए । समाजवाद उन्मुख नेपाल निर्माणको लागि राजनैतिक दलहरूबिच सहकार्य आवश्यक रहेको महासचिव विप्लवको भनाई छ । नेपाल कम्युनिष्ट पार्टीले विप्लवको गृहनगर कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा शुक्रवार आयोजना गरेको वर्तमान राष्ट्रिय सङ्कट र समाधान विषयक अन्तरक्रिया कार्यक्रमलाई संम्वोधन गर्दे महासचिव विप्लवले युवाहरूमा नेपालमा भविष्य नभएको सोचाई हाबी भएर विदेश पलायन भइरहेका बताए । युवाहरुलाई स्वेदशमै रोक्नको लागि समाजवाद मोडलमा देश अगाडी वढनुपर्ने जनाए ।
देशमा व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरूले आर्थिक सङ्कट भोगिरहेकाले त्यसको समाधानको लागि सरकार प्रतिबद्ध हुन आवश्यक रहेको बताए । आर्थिक कोरिडोरको रूपमा रहेको चन्द्रौटा कृष्णनगरमा स्थापित उद्योगहरू धमाधम बन्द भइरहेकाले दिगो समाधानको लागी यस वारे प्रधानमन्त्री सँग छलफल गर्ने उनले जिकिर गरे ।महासचिव विप्लवले जिल्लाको शिवगढीमा केवलकार निर्माणको विषयमा नंया मोडलले काम गर्नुपर्ने बताए । जनताको सानो सानो रकम सङ्कलनबाट केवलकार निर्माण गरी त्यसको लाभ जनताले पाउने गरी केवल कार निर्माण गर्न सकिने बताए । नेकपाले चन्द्रौटामा विभिन्न राजनैतिक दलका प्रतिनिधि , सङ्घ संस्था र उद्योगी व्यावसायिक प्रतिनिधिहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य अर्जुन कुमार केशि , शिवराज नगरपालिका नगरप्रमुख अजय थापा , व्यपार संघ कपिलवस्तुका अध्यक्ष महादेव नेसपा केन्द्रीय सदस्य रहिस शाह , लोसपा केन्द्रीय सदस्य रविदत मिश्रा , पोख्रेल , नेपाली कांग्रेसका नगर सभापति मधुसुदन पोख्रेल , नेकपा एमालेका नगर अध्यक्ष जगत पौडेल , माओवादी केन्द्रका नगर कार्यवाहक अध्यक्ष चिन्ता परियार लगाएतले धारणा राखेका थिए ।
१५ मंसिर २०८०, शुक्रबार
प्रतिक्रिया