प्रदेश

१४ औं कपिलवस्तु महोत्सव जेष्ठ नागरिक र अपाङ्गता भएकालाई निःशुल्क प्रवेश, टिकट दर घटायौः संयोजक सेन



जितपुर, १६ मंसिर । कपिलवस्तुको बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा यही मंसिर २१ देखि पुष १ गतेसम्म हुने १४ औं कपिलवस्तु महोत्सवको टिकट दर सस्तो बनाइएको छ । महोत्सव अवलोकन गर्न आउने दर्शकका लागि थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले विगतको महोत्सव भन्दा अहिलेको महोत्सवमा टिकट दर सस्तो बनाइएको टिकट व्यवस्थापन समितिका संयोजक प्रताप सेनले बताए ।

सेनले ७० वर्ष पुगेका जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई निःशुल्क प्रवेश दिइने बताए । सेनले महोत्सवमा प्रवेशका लागि जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुले नेपाल सरकारको परिचय पत्र देखाए महोत्सव स्थलमा प्रवेश पाउने बताए ।

सेनले भने धेरै भन्दा धेरै दर्शक भित्राउने र महोत्सव अवलोकन कर्ताहरुलाई थोरै भए पनि राहत होस भन्ने उद्देश्यले यो पटक महोत्सव प्रवेश शुल्क रु. ७०।– बाट घटाएर रु। ६०।– मात्र र विद्यार्थीका लागि रु। ५०।– बाट घटाएर रु। ४० गराइको जानकारी दिए । विद्यार्थीलाई टिकटका लागि अनिवार्य परिचय पत्र देखाउने पर्ने उनले बताए ।

१४ औं कफिलवस्तु महोत्सवका आकर्षकहरु

१२ औैं कपिलवस्तु डान्स आइडल, चर्चित अन्तर्राष्ट्रिय खेलाडीको रेसलिङ प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, मुक्तिनाथ मन्दिरको गेट र भिडियो जोन, वक्तृत्वकला प्रतियोगिता, आइटी तथा अटो क्षेत्रको प्रदर्शनी, बाल उद्यान, लुम्बिनीमा रहेको शान्ति दीप, विभिन्न झाँकी प्रदर्शनी तथा अन्य आकर्षकहरु महोत्सवका प्रमुख आकर्षकहरु हुन ।

यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सवले र कला संस्कृति प्रवद्र्धनमा कपिलवस्तु डान्स आइडलले विशेष योगदान गर्दै आएको छ । बाणगंगा वेयलफेर सोसाइटी बाणगंगाको चर्चित र पुरानो सामाजिक कार्यमा क्रियाशील क्लबको रुपमा आफ्नो छुट्टै छवि बनाएको छ ।

प्रकाशित : १६ मंसिर २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६